बलिउडका बिग बी अमिताभ बच्चनको ४० वर्षसम्म निजी सचिव पदमा कार्यरत शितल जैनको शनिवार निधन भएको छ।
उनको पार्थिव शरीरलाई अमिताभ, अभिषेक र ऐश्वर्याले शनिवार राति अन्तिम बिदाई गरेका थिए।
शितलको शनिबार बिहान अस्पतालमा निधन भएको थियो। उनी ७७ वर्षका थिए। उनको निधनमा दुःखी भएका बीग बीले सोशल मिडियामा एउटा ब्लग पोष्ट गर्दै लेखे, ४० वर्ष उनले मेरो कामको बोझ उठाए। उनी सहयी, मिलनसार र बिनम्र थिए। आज मैले उनलाई अन्तिम यात्रामा लिएर गए।
शितलले अमिताभलाई लिएर सन् १९९८ मा बडे मिया, छोटे मिया फिल्म बनाएका थिए। जुन ठूलो हिट सावित भएको थियो।
बलिउडका अन्य कलाकार अनुपम खेर, निर्माता निर्देशक मधुर भण्डारकर, सुभाष घई लगायतले पनि उनको निधनमा दुःख व्यक्त गरेका छन्।