काठमाडौंमा नेहा कक्करको कर्न्सट आयोजना गर्ने पक्राउ

तस्बिरः बिएल

भारतीय गायिका नेहा कक्करको कर्न्सट ब्यवस्थित गर्न नसकेको भन्दै प्रहरीले आयोजक पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षासमेत ख्याल नगरी अत्याधिक टिकट बिक्री गरेको र कार्यक्रमस्थलमा सुरक्षाकोसमेत ख्याल नगरेको भन्दै प्रहरीले संचालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए।

नेहाले लर्ड अफ ड्रिंक्स क्लबमा शनिबार प्रस्तुति दिएकी थिन् । उक्त कर्न्सटमा हलको क्षमताभन्दा बढी टिकट बितरण गरेको, टिकट पाएकालाई हलमित्र छिर्नै नदिएको गुनासो आएपछि सञ्चालकलाई नियन्त्रणमा लिइएको प्रवक्ता बोगटीले दाआ गरे।

नियन्त्रणमा लिइएका तीनै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको र उनीहरुको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता बोगटीले बिएल नेपालीलाई जानकारी गराए।

प्रकाशित मिति: : 2019-06-09 18:01:13

प्रतिकृया दिनुहोस्