बर्खे धान भित्र्याउने चटारो (भिडियो रिपोर्ट)

धान काटेर ल्याउँदै स्थानीय किसानहरू। रबिन्द्र बराल

रंगेली, मोरङ

मोरङको दक्षिणी भेगका रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथानका स्थानीय किसानहरू माघमा लगाएको बर्खे धान भित्र्याउन व्यस्त छन्।

सयौं बिगाहा खेतमा लगाएको धान पाकेर अहिले मोरङको दक्षिणी क्षेत्र हिउँद लागेजस्तै भएको छ।

उखरमाउलो गर्मीमा किसानहरू कतै धान काट्दै गरेको भेटिन्छ भने कतै थ्रेसर लगाउँदै गरेको भेटिन्छ।

यद्यपी मजदुरहरूको अभावभने जहिले पनि हुने गरेको छ। वर्षेनी सरकारी बजेटमा मजदुरको ज्याला बढेको सरकारी घोषणा भए पनि व्यवहारिक रूपमा लागू नहुँदा मजदुर पाउन गाह्रो भएको किसानहरूले गुनासो गरेका छन्।

खेतीपातीमा काम गर्ने  जनमजदुर  महिला वा पुरूषलाई  ज्याला  सरकारले तोकेको  रकमभन्दा कम पाउने गरेको एक महिला मजदुर पार्वती सरदारले बताईन्।

नेपाल  सरकारले ५ सय ३०  रुपैयाँ ज्याला  तोके पनि महिलाले एक दिन भर धान रोप्दा वा काट्दा एक सय रूपैयाँ मात्र पाउने गरेका छन्। सोही काम गर्ने पुरूषले ३ सय रूपैयाँ ज्याला पाउँछन्।

माघमा रोपेको धान यतिखेर काटेर पुन हिउँदे धान लगाउने चलन छ।

रंगेलीका २५ वर्षिय भरत राजवंशीले विगत २० वर्षदेखि  ३ विगाहा खेतमा दुई बाली धान लगाउने गरेका छन्।

माटो नराम्रो भएकाले अरू बाली नहुने भएकाले दुःख गरेर धान खेती मात्रै लगाउने गरेको र अरू समयमा खेत बाँझै छाडने गरेको उनले बताए।

उनले आफ्नो खेतमा ३ सय मनसम्म धान फलाउने गरेका छन्।

 

प्रकाशित मिति: : 2019-06-09 16:41:08

प्रतिकृया दिनुहोस्