‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
बिएल संवाददाता
नेपाल एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तर्गत समूह ‘ए’काे विजेता बनेकाे छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणकाे अन्तिम खेलमा कतारलाइ ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेकाे हाे। नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेकाे छ।
नेपालले दिएकाे मात्रै १ सय ५८ रनकाे झिनाे लक्ष्य पछ्याएकाे कतार २५.१ ओभरमा अल आउट भयाे।
कतारका खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
नेपालका सन्दीप लामिछानेले ५ तथा साेमपाल कामीले ३ विकेट लिए। भने, ललितनारायण राजवंशीले २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १ सय ५७ रन मात्र बनाएकाे थियाे। नेपालका लागि सन्दीप लामिछानेले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै ४२ रन बनाए। भने, कप्तान राेहितकुमार पाैडेले २७ रन बनाउनुबाहेक अन्य खेलाडी राम्राेसँग चल्न सकेनन्।
कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए।
अब नेपालले शनिबार सेमिफाइनल खेल्नेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया