नेपालमा जेठ २९ भित्र महाभूकम्प आउँछ भन्दै भविष्यवाणी गर्ने ‘ज्योतिषी’ अर्जुन कुमार थापा क्षत्रीले अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् ।
महाभूकम्पको भविष्यवाणी गरेर जनतामा भ्रम फलाएको आरोपमा अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
युट्युवरहरूलाई बोलाएर महाभूकम्पको हल्ला फैलाउएको आरोपमा उनलाई मंगलबार दिउँसो गौशालाबाट नियन्त्रणमा लिइएको थियो ।
उनी सिनामगंलमा काशी विश्वनाथ रत्न प्रा.लि. नामक कार्यालय सञ्चालन गर्दै आएका थिए ।
उनीमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरिवाना हुनसक्ने बताइएको छ ।
बयानको क्रममा उनी ज्योतिष नै नभएको आशंका पनि बढेको एक प्रहरी अधिकृतले बताएका छन् । प्रहरीले त्यसमाथि पनि अनुसन्धान गरिरहेको उनले बताए ।
उनलाई ज्योतिष महासंघले पनि कारबाही गरेर निस्कासन गरिसकेको बताएको छ।