तराईका अधिकांश जिल्लामा यतिखेर धान पाकेर पहेँलपुर भएको छ।
खेतबारीमा अहिले बालबालिकादेखि बृद्ध, बृद्धासमेत धान काट्न र धान माड्न ब्यस्त हुन थालेका छन्।
कृषि प्रधान देश नेपालमा कात्तिक र मंसिर महिनामा किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको देख्न सकिन्छ। पराम्परागत रूपमा हलो जोतेर खेति गर्दै आएका मोरङका किसानहरू यस बेला कृषि यान्त्रिकरणको प्रयोग बढि गर्ने गरेका छन्।
यान्त्रिकरणको प्रयोग बढेसँगै कृषिप्रति आकर्षणसमेत बढ्न थालेको छ। नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ।
नेपालमा लगाइने बालिमध्ये धान प्रमुख बालिमा पर्छ।
धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धानखेतीको ठूलो महत्व रहेको छ ।
मौसम अनुसार तराईमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुने गरेको छ। संघीय र स्थानीय सरकारले बजेट मार्फत किसानलाई सिचाईँका लागि वोरिङ पम्पसेट खेत जोत्ने र मकै छर्ने र धान रोप्ने र धान काट्ने मेशिनमा अनुदान दिएपछि कृषि यान्त्रिकरणको प्रयोग बढेको हो।
नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला भनेर मोरङ र झापालाई चिनिन्छ। झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ।
संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ पनि नेपालमै पर्छ जुन जुम्लाको छुमचौर हो। किसानले जोताईदेखि खेत रोपाई र बाली कटाईसम्म किसानहरुले मेशिनको माध्यमबाट गर्ने गरेको पाइन्छ ।
मंसिर महिना शुरू भएसँगै प्रायः सबै किसानले यस पटक धान काट्न मेशिन प्रयोग गरिरहेका छन्। समयमा धान घरमा थन्काउन पाइने र झन्झट पनि नहुने भएकाले धान काट्न कम्पान नामक मेशिनको प्रयोग बढेको हो। यस्तो खालको मेशिन अहिले दक्षिणी भेगमा कृषकले आफैंलेसमेत ल्याएर खेतवारीमा प्रयोग गरेको पाइन्छ।
ठूलो आकारको मेशिनले एक घण्टामा दुई विगाहा धान काटेर मेशिनलेनै धान दाउनी गरेर खेतबाटै किसानले घरमा धान भित्र्याउने गरेका छन्।
मेशिनको प्रयोगले धान काट्दा तुरून्तै बिक्री वितरण गर्ने कृषकलाई बढी फाईदासमेत हुने गरेको रंगेलीका कृषक दिपेन्द्र थापाले बताए।
अहिले तराईमा यो मेसिनको प्रयोग बढ्दै गएको कृषकहरू बताउँछन् ।
विगतमा मंसिर लागेपछि काटन शुरू गरेको धान भित्र्याउन दुई साता लाग्ने गरेकोमा यस पटक मेशिनको प्रयोग गर्दा धान काटेको दुई घन्टामा घरमा धान भित्र्याएको सुरेन मन्डलले बताए।
मजदुरसमेत नपाउँदा पाकेको धान खेतमै झर्ने अवस्था थियो भने गत वर्षदेखि मेशिनका प्रयोगले धान पनि समयमा काटिने र समयमै विक्रि गर्न पाइने कृषकहरू बताउँछन्।
मेशिन प्रयोगले खेतमा धान रहिरहने र गोरू लगाएर धान दाउनि गर्दा समय धेरै लाग्ने गरेको थियो। अहिले मेसिन आएपछि सहज भएको उनले बताए। मजदुरको समस्या भइरहेको अवस्थामा यस्ता प्रविधि सबैतिर विस्तार गर्नेतर्फ राज्यको ध्यान जानुपर्ने किसानहरू बताउँछन्।
सुनवर्सी, रंगेली, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिकालगायत मोरङका अधिकांश किसानहरू प्रविधियुक्त मेशिनप्रति आकर्षित भएका छन्।
रंगेली ७ का हरिशंकर पासवानले भने घान रोप्ने समयमा आफू हरूलाई धेरै खुसामत गर्ने गर्छन्। फुर्सद छैन भन्दासमेत १० दिन पछि रोपिदिनु भनेर भन्छन् र पर्खिने समेत गर्छन्। तर, अहिले हरेक प्रकारको धान काट्ने मिसिन आएपछि आफूहरूलाई सोध्नसमेत नआउनेर अब घर परिवार कसरी पाल्नु भन्दै दुःखेसो पोख्ने गरेका छन्।
उनीजस्ता सयौं गरिबको रोजी रोटीनै खोसिएको छ। उनीहरूले घान काट्दा सुरूमा धान काट्ने, धान छाोप्ने, र घर मालिककाो घरसम्म पुर्याउने र खेतकोपरालसमेत पुर्याउनुपर्ने र धान दाउनी गरेर मालिकलाई जिम्मा लागाउँदा आफूहरूलाई ४० केजी धानको साहुले ८ केजी मात्रै आफ्नो रोजी दिने गरेको समेत बताए। धेरै मेहनत भए पनि आफूहरुलाई ज्याला कम भएको बताए।