उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत नियुक्त

फाइल तस्बिर

निर्वाचन आयोगले उपनिर्वाचनका लागि ५२ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगको आइतबारको बैठकले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्याया सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचचन अधिकृतमा नियुक्त गरेको छ ।

उपनिर्वाचनमा विभिन्न ३७ जिल्लामा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदमा निर्वाचन हुँदैछ ।

मुख्य निर्वाचन अधिकृत र अधिकृतमा क–कसले पाए नियुक्ति ? 

 

प्रकाशित मिति: : 2019-10-21 16:40:16

प्रतिकृया दिनुहोस्