सिहदरबार हुने दादागिरीले लोकतन्त्र नै खतरामा पर्‍यो: विकासमन्त्री सोनल

बिएल

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सिहदरबारको दादागिरीले प्रदेश सरकार आतंकित भएको बताएका छन् ।

नेपाल सोनार समाजले दिपावली र छठ पर्वको अवसरमा सोमबार वीरगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले सिहदरबार हुने दादागिरीले लोकतन्त्र नै खतरामा पर्ने गरि आतंकित बनाएको आरोप लगाए ।

‘अहिले लोकतन्त्र खतरामा छ, यसमाथि ठुलै प्रहार हुने स्थिती देखिएको छ’, उनले भने,‘उद्योग व्यपार, सन्चार, न्यायलय ,शिक्षा लगायत सारा क्षेत्र आतंकीत छ, समग्रमा भन्नुपर्दा साराका सारा क्षेत्र आतंकीत छ, देशको अवस्था ठिक छैन।’

मुलक तीन तहको संघीय संचरनामा भर्खर प्रवेश गरेकाले तीनै तहको सरकार सिक्दै गर्दै र गर्दै सिक्दै जाने क्रममा रहेको उनले बताए। भौतिक विकासले मात्र समाज र राष्ट्र समृद्ध नहुने भएकाले भौतिक विकाससँगै मानविय विकास पनि अपरिहार्य रहेकोसमेच मन्त्री सोनलले बताए।

प्रदेश सरकारले भौतिक विकास सँगसँगै मानविय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेको भन्दै मन्त्री सोनलले मानविय विकासकै लागि प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ, मुख्यमन्त्री स्वच्छता अभियान, छोरी शिक्षा बीमा जस्ता कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए ।

प्रकाशित मिति: : 2019-10-21 15:53:31

प्रतिकृया दिनुहोस्