अङ्ग्रेजको शासन नीति दाग्ने
स्वतन्त्रता खातिर नित्य जाग्ने
छोरी हुँदा वीर पिता छुटायो
दुर्भाग्यले दुःख सबै जुटायो
प्यारो विदेशी अनुराग गर्ने
हितेच्छु साथी सुख शान्ति छर्ने
पत्नी हुँदा ती पति नै छुटायो
दुर्भाग्यले चित्त पुनः फुटायो
आफन्तको मोह लता घटाई
प्रजा सबैको हितमा खटाई
आमा हुँदा पुत्रहरू छुटायो
दुर्भाग्यले फेरि यसै टुटायो
स्वदेशलाई निकटस्थ चिन्ने
अन्यायमा न्याय गरेर छिन्ने
नेता हुँदा मित्र सबै छुटायो
दुर्भाग्यले आसन नै लुटायो
भयो अझै दुःख न थप्नु भन्दै
पुकार गर्छौँ अतिनम्र बन्दै
ती राज्यमाता अब छोडिदे लौ
हे भाग्य! त्यो बन्धन तोडिदे लौ!
जनताकाे अथाह प्रेम छ। मानिसहरू विभिन्न विशेषणले विभूषित गर्ने गर्छन्। उनीलाई घृणाभन्दा प्रेम गर्नेहरूकाे जमात हजाराैँ गुणा फराकिलाे छ। उनी पाैरखी, उदार स्वभावले सिञ्चेकाे चरित्र र दर्शनशास्त्रले भरिपूर्ण छिन्। सादा जीवन – उच्च विचारकी प्रतिमूर्ति, प्रजातन्त्रकाे धराेहर अर्थात् उनी हुन्– आङ सान सुकी।
नेत्री सुकीकाे जन्म सन् १९४५ जुन १९ मा मध्य म्यान्मार (बर्मा) को नात्मुक भन्ने ठाउँमा भएकाे हाे। उनकाे औपचारिक शिक्षा मध्य रङ्गुनस्थित सेन्ट फ्रान्सेस कन्भेन्ट स्कुलबाट सुरू भएकाे बर्मेली पाठशालामा पढेकाे स्मरण छ।
कहालीलाग्दाे राजनीतिक संकटबाट देशलालाई मुक्त गर्न नेत्री सुकी बच्चैदेखि मनन, चिन्तन गर्थिन्–रे (पढेकाे/सुनेकाे)। देश, जनता, प्रजातन्त्र र मानव अधिकारका लागि उनले गरेकाे त्याग र सङ्घर्षबाट विश्व नै परिचित छ। आफ्नै बुबाकाे जस्ताे माेहित पार्ने शक्ति– नेत्री सुकीकाे अर्काे परिचय पनि हाे।
राजनैतिक रङ्गमञ्चमा उनी सजिलै आईपुगेकी कहाँ हुन् र? चालिएका कदमहरू सहज अनि समय छाेटाे विल्कुलै छैन। उनीले भाेगेकाे जस्तै दुःख र पीडा व्यहोर्न कसले सक्ला र?
विचारै–विचारकाे पहाड, त्याग र समर्पनकाे प्रतिमूर्ति भनेर समेत चिनिने प्रजातन्त्रवादी नेत्री सुकी बर्मेली समाजकी आमा हुन् भने कसैकसैकी दिदी पनि हुन्। उनका लागि देश र जनता नै सबैथाेक हुन्। उनले देशका लागि पति र पुत्रहरू समेत त्यागिन्। सुख–सयल सम्पन्न परिवार नै त्याग गरिन्।
आफ्ना, इच्छा र आकांक्षाहरूलाई परित्याग गर्नु सानाे बलिदान हाेइन। 'कर्मकाे खेल रहेछ सबै याे जगतमा, कर्मकाे फेलापरी म परे बन्धनमा' भने झैँ कर्म कै खेलमा राजनीतिक परिवेशमा आइपुगिन् उनी। पूरा पढ्नुहाेस्