आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु

Photo Credit :RSS

सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सूचीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ ।

सोमबार राष्ट्रपति विद्यादेवि भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सूचीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्षव्यक्त गरेको बताए ।

‘म्यानमारका स्टेट काउन्सिलर सूचीले नेपाल भ्रमण वर्षको प्रमोसन गर्न नेपाल आउने चाहना व्यक्त गर्नु भएको छ’, मन्त्री ज्ञवालीले भने, ‘हामीले सो भ्रमणका लागि प्रबन्ध मिलाउनेछौँ ।’ मन्त्री ज्ञवालीले भ्रमणको मिति भने खुलाएनन् ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको म्यानमारको चार दिने राजकीय भ्रमण सफल भएको पनि बताए ।राष्ट्रपति भण्डारीको म्यानमारको राजकीय भ्रमणका क्रममा दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सम्झौंता भएको थियो ।

प्रकाशित मिति: : 2019-10-21 15:28:48

प्रतिकृया दिनुहोस्