नेपाल खुला दिशामुक्त राष्ट्र घोषणा हुँदै

बिएल

खानेपानी मन्त्रालयले खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने जानकारी दिएको छ।

राष्ट्रिय उत्सवको रुपमा मुलुकलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले बताइन्। यो सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि रहेको मन्त्रालयको दावी छ।

नेपालका जिल्लालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने काम सन् २०११ सालबाट सुरु गरिएको थियो। यस अभियान अन्तर्गत सबैभन्दा पहिला कास्की जिल्लालाई घोषणा गरिएको थियो।

सरकारले नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन्।

‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ, देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

प्रकाशित मिति: : 2019-09-27 16:23:53

प्रतिकृया दिनुहोस्