नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                महेश नेपाली
                                नेपाली राजनीतिको कालखण्डमा २०५७/०५८ मा माओवादीकाे युद्ध उत्कर्षमा थियाे। कतिपय ठाउँमा माओवादी कार्यकर्ता जनतामाझ भिजेका थिए भने कति ठाउँका जनतालाई उनीहरुले दु:ख दिएर काँडा जस्तै बिझेका पनि थिए।
जहाँ माओवादी जनतासँग भिजे, त्यहाँ आधार इलाका निर्माण गरिए। जहाँ जतनासँग भिज्न सकेनन्, त्यहाँ प्रयास हुँदैथिए भने कतिपय ठाउँमा माओवादी जनतासँग भिड्नुपर्ने अवस्था पनि आइलाग्याे।
माओवादीका किस्सा गाउँगाउँमा चलिरहेका हुन्थे। सामन्तले राज गरेकाे ठाउँमा माओवादी आएर यिनलाई ठिक पारिदिएकाे भए हुन्थ्याे भन्ने ठान्थे गरिब जनता। त्यही आशाकाे उपज हाे, जनवादी गीत।
रुकम, राेल्पा माओवादी जुम्ला आइदियाले।
सामन्तका जग्गा, जमिन लुटी खाइदियाले।।
माओवादीले युद्धको जग बसालेकाे ठाउँ राेल्पा, रुकुम हुन्। सुरुमै त्यहाँ आधार इलाका बनेका थिए। त्यहीँबाट माओवादी आन्दोलनकाे विस्तार भएकाे थियाे। सुरुमा माओवादी आन्दोलनबारे अनेकथरी मत थिए। पुष्पकमल दाहाल प्रचण्डबारे हजार थरि भनाइ थिए। कतिपयकाे बुझाई सर्वसाधारण जनतालाई केही गर्दैनन्, सामन्तलाई बाँकी राख्दैनन्, भन्ने थियाे।
त्यही पृष्ठभूमिमा गाइएकाे गीतले अपेक्षा गरे अनुरुप माओवादी जुम्ला आए पनि। गाउँमा माओवादी पुगेपछि कति ठाउँमा खुसियाली छायाे भने कति ठाउँमा निराशाकाे बादल मडारियाे। गाउँमा नसुनेका विभिन्न अभियान आउँदा त्रास पनि सँगै आउँथ्यो।
एउटै गाउँ, एकै घरबाट माओवादी, सेना र पुलिस हुँदा द्वन्द्व घरमै बढेकाे थियाे। माओवादी हुनेलाई सेनाले दु:ख दिइरहेको थियाे भने सेनामा भर्ती हुनेलाई माओवादीले दु:ख दिइरहेको थियाे। कतै नहुनेलाई माओवादी वा सेना दुईमध्ये एकतिर लाग्नै पर्ने बाध्यता थियाे। जाे लाग्दैन थियाे, उसकाे उठीबास हुन्थ्यो।
यही हृदय विदारक दृश्यलाई जुम्लाकाे तिला-१ राराका गाेर्खबहादुर बुढाले मार्मिक देउडा लयमा गीत गाएपछि सारा जुम्लीका आँखा रसाएका थिए। उक्त गीत हालसम्म रेकर्ड भएकाे छैन। तर जनताकाे मनमनमा रेकर्ड भइ बसेकाे छ।
गाेर्खबहादुर जुम्लामा जनवादी गीत गाउने पहिलाे पुस्ताका कलाकार हुन्। नदीकाे पानीजस्तै सलसल बग्ने उनकाे स्वर सुन्न दर्शक स्राेताहरु लालायित हुन्थे।

कुनै कार्यक्रम, मेला, भेलामा 'राराकाे गाेर्खबहादुर आउनेछ' भनेर प्रचार गरियाे भने अपेक्षा गरिएकाे भन्दा दुई गुणा मास बढ्थ्याे। उनले सदैब जनताका गीत गाए। उनले तत्कालीन माओवादी आन्दोलनका कारण जनताले भाेगेकाे दु:खलाई, कारुणिक दृश्यलाई कैद मात्रै गरेनन्, त्याे गीतमार्फत जीवन्त कथा समेत बुने।
कथामा माओवादी युद्धले पिल्सिएकाे एउटा परिवारका श्रीमान्-श्रीमतीबीच सल्लाह भएर श्रीमान परदेश जाने निर्णय गर्छन्। त्यसबेला गाउँले जनताकाे लागि परदेश भनेकाे भारतका गल्ली हुन्। भारतका गल्लीगल्ली पुगेर दु:खसँग पाैंठेजाेरी खाेज्नु हाे।
यसरी श्रीमान् विदेश जान्छन्। घरमा श्रीमती लालाबाला हेरेर दु:ख कष्ट सहेर बसिरहेकी हुन्छिन्। लामाे समय परदेशमा रहेका श्रीमानलाई आफ्नाे जन्मभूमिकाे औधी याद आउँछ।

आखिर देशकाे माया कसलाई लाग्दैन र? त्यसमाथि परदेशीहरु आफ्नो देश, गाउँघरकाे यादमा सधैं डुबेका हुन्छन्। श्रीमान् मातृभूमिप्रतिकाे मायाले भावविह्वल भएकाे बेला श्रीमतीलाई चिठी लेखेर सिमा पारीकाे आफ्नाे देशकाे हालचाल साेध्छन्।
साैंराइ लाइगाे सिमा पारी, उच हिमालकाे।
हाल के छ? चाल चलन के छ?, मेरा नेपालकाे।
यसरी उनले पठाएकाे चिठी घरमा रहेकी श्रीमतीसम्म पुग्छ। स्थितिमा कुनै सुधार भएकाे हुँदैन। परिस्थिति झनझन बिग्रँदै गइरहेकाे हुन्छ। युद्धले गाउँ, शहर सबैलाई प्रभावित पारेकाे हुन्छ।
बम र बन्दुककाे आवाज नसुनिएकाे कुनै दिन हुँदैन। जसले कलेजाका पाता नथर्काएकाे कुनै पल हुँदैन। रात हाेस् कि दिन गाेलीकाे धम्काले धम्की दिइरहेकै हुन्छ।
संसारमा उचा हिमाल भएकाे देशले चिनिएकाे नेपालकाे अस्तित्व विस्तारै खस्कँदै गइरहेकाे हुन्छ। हिमालको मजा लिन आउने पर्यटकहरुले बाटाे माेडेका हुन्छन्। गाउँघर दिन प्रतिदिन उराठ र उजाड लाग्दै जान्छ। हरेक दिनकाे सुरुवात अशुभ समाचारबाट हुन्छ। त्यही परिदृश्यलाई समेटेर श्रीमतीले जवाफ फर्काउँछिन्।
हिमालकाे अस्तित्व यहाँ, खस्केको खस्केई छ।
रात दिन गाेलीकाे धम्काे, पट्केकाे पट्क्यै छ।।
यस्ताे खबर पाएका श्रीमानले घर चाँडै फर्किन पाउँछु कि भनेर पालेकाे आश मर्दै जान्छ। उनले चिठी आदानप्रदान गर्ने बाहेक अरु विकल्प देख्दैनन्। उनकाे भाैतिक उपस्थितिले भाैतिक शरीरकाे अस्तित्व सदाकाे लागि मेटिन सक्ने सम्भावना उच्च रहन्छ। त्यसपछि उनी उतै अड्किन्छन्।
हरेक रात सपनामा बर्बराउन थाल्छन्। गाउँघरमा किंवदन्ती नै छ, 'घरमा केही अपसकुन हुन थाल्याे भने सपना गतिला देखिँदैनन्।' श्रीमानलाई परदेशमा त्यस्तै हुन्छ। उनलाई अब आफ्नी श्रीमती, लालाबालाकाे औधी याद आउन थाल्छ। देशकाे हालखबरपछि उनले फेरि घरकाे हालचाल साेधेर चिठी पठाउँछन्।
सन्चै छन् क्या लालाबाला, निकि छाै क्या मैना?
आजभोलि गतिला छैनन्, रात देखिन्या सुइना(सपना)।।
याे खबर घर पुगुन्जेल उनकाे परिवारमा समेत विखण्डन आइसकेकाे हुन्छ। जेठाे छाेरा माओवादी भएर जंगल पसेका हुन्छन्। कान्छाे आर्मी हुन्छन्। एकै आमाकाे गर्भमा हुर्केका दुई भाइ सत्रु भएका हुन्छन्। एकले अर्काेलाई मार्ने अभिभारा बाेकेर हिंड्छन्। एउटाले अर्काेकाे छाँया देखिसहन्नन्।
आमा पिरले मर्न आँटकी हुन्छिन्। उनलाई मन बुझाउन धाै-धाै परेकाे हुन्छ। श्रीमान् परदेश, लालाबाला लाखापाखा लागेपछि उनकाे मनमा घाम लाग्दैन।
कान्छाे भाइ आर्मीका क्याम्पमा, जेठाे बाइगाे वुन।
शाही प्रदेश, घर म एक्लै, क्यारी बुझाउँ मुन??
श्रीमान्-श्रीमतीबीच एवम् रितले चिठी आदान प्रदान भइरहन्छन्।
गाेर्खबहादुरले याे गीत सुरुमा जुम्लाकाे नराकाेटमा भएकाे आमसभामा गाएका थिए। गाउँदागाउँदै तमाम आमाका आँखाबाट आँसु बर्बराएका थिए। त्यसपछि उनले याे गीत विभिन्न मञ्चमा गाए। जहाँ याे गीत गाए, त्यहाँका तमाम आमाबुबाका आँखाबाट आँसुका धारा छुटे। अहिले उनलाई बुढेसकालले छाेइसकेकाे छ। तैपनि उनी ती दिन सम्झिन छाेड्दैनन्। कहिलेकाहीँ भावुक हुन्छन् र फेरि पनि उही कथा दाेहाेर्याउँदै गीत गाइदिन्छन्।
याे गीत गाउँदा उनलाई केही माओवादी कार्यकर्ताले धम्काएका पनि थिए। उनलाई धम्की दिनेहरु वास्तविक रुपमा आन्दोलनको मर्म नबुझेका, आफ्ना गल्ती ढाकछोप गर्न माओवादी भएकाहरु भएकाे उनी बताउँछन्, 'स्तर उठेका कार्यकर्ताले कहिले पनि धम्की दिएनन्।'
उनले याे गीत तीन खण्डमा गएका छन्। एउटा तत्कालीन अवस्था समेटिएकाे, दाेस्राे २०६२/०६३ काे अवस्था र तेस्राे हालसम्म आएर के भयाे? अहिलेकाे राजनीतिक परिवर्तनले जनतालाई के दियाे? यसरी नै चिठी आदानप्रदान भइरहेको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया