दिउँसो बढी दुर्घटना, युवाले चलाएको सवारी जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा हुने दुर्घटनामा पैदलयात्रु र मोटरसाइकल, स्कुटर चालकको बढी संख्यामा मृत्यु हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनमा मात्रै ७ जना पैदलयात्रु र ८ जना मोटरसाइकल, स्कुटर चालकले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष ०६९–७० मा ६३ जना पैदलयात्रुले ज्यान गुमाएका थिए । सोही वर्ष ५५ जना मोटरसाइकल र स्कुटर चालकको सडक दुर्घटनामा मृत्यु भएको थियो । आर्थिक वर्ष ०७०–७१ मा ५३ जना पैदलयात्रु र ६५ जना मोटरसाइकल, स्कुटर चालकले ज्यान गुमाएका थिए । महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१–७२ मा ५७ जना, ०७२–७३ मा ६५ जना, ०७३–७४ मा ७९ जना, ०७४–७५ मा ६३ जना र ०७५–७६ मा ९३ जना पैदलयात्रुले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन् । यस्तै वर्ष ०७१–७२ मा ५५ जना, ०७२–७३ मा ७५ जना, ०७३–७४ मा ७७ जना, ०७४–७५ मा १११ जना र ०७५–७६ मा १५८ जना मोटरसाइकल, स्कुटर चालकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । 

 

जेब्राक्रस, आकाशेपुल, सडक पेटीको अभाव र दृष्टिविहीन र फरक क्षमताका व्यक्तिका लागि आवश्यक सडक संरचना आवश्यकअनुसार नहुँदा पैदलयात्रु असुरक्षित रुपमा सडक प्रयोग गर्न बाध्य छन् । यस्तै अपरिपक्व टिनएज उमेरसमूहका चालकका कारण मोटरसाइकल र स्कूटी चालकहरु सडक दुर्घटनामा बढी पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताए ।

प्रकाशित मिति: : 2019-09-05 11:10:53

प्रतिकृया दिनुहोस्