'हेलिकप्टरको गाँठो'का कारण नेपाली विमानसेवा अझै ईयूको कालो सूचीमा

युरोपेली सङ्घ (ईयू) को हवाई प्रतिबन्ध सूचीमा नेपाल अझै रहिरहनुमा नेपाली हेलिकप्टरहरूको 'खराब रेकर्ड' लाई उसले एउटा एउटा प्रमुख कारण मानेको नेपाली अधिकारीहरूले बताएका छन्।

गत साता काठमाण्डूमा सम्पन्न एशिया-प्रशान्त क्षेत्रका हवाई नियामक निकायहरूको सम्मेलनको छेकोमा युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (ईएएसए) का कार्यकारी निर्देशक प्याट्रिक कीले नेपाली पक्षसँग सो कुरा राखेका थिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेल चाहिँ नियमित उडानतर्फ दुर्घटनाको दर उल्लेख्य रूपमा घटेकोमा हेलिकप्टर उडानमा रहेको सुरक्षा चुनौतीलाई बेग्लै रूपमा हेरिनुपर्ने बताउँछन्।

"हेलिकप्टर उडान नियमित वा मूलधारको हवाई यातायात होइन। तसर्थ हेलिकप्टर दुर्घटनालाई हाम्रो हकमा समेत त्यसैगरी हेरियोस् भन्ने हो," उनी भन्छन्।

प्रकाशित मिति: : 2019-08-27 11:35:22

प्रतिकृया दिनुहोस्