यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) नेपालगन्ज सत्ता गठबन्धनबाट बाहिरिएको छ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहकाे निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच मिलेर चुनावमा जाने निर्णय भएको थियो। तर नेपालगञ्जमा गठबन्धनको मूल उद्देश्य विपरित अन्य दलहरू गएकाले आफूहरू गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र नेपालगञ्ज नगर अध्यक्ष रतन शाहीले जनाएका छन्।
मेयर कांग्रेस र उपमेयर जनता समाजवादी पार्टीले पाउने गरी केन्द्रबाट भागबन्डा भएकाे छ। सोहिअनुसार वडामा पनि गठबन्धन गर्ने भनिएपनि कांग्रेस र जसपाले एक्ला–एक्लै चुनावमा चाहेपछि गठबन्धनबाट बाहिरिनु परेको अध्यक्ष शाहीले बताएका छन्।
नेपालगञ्जमा २३ वटा वडा छन्। अब प्रमुख र उप्रमुखसहित सबै वडामा एक्ला–एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया