काठमाडौंमा भुलेकी पेरिसकी परी

काठमाडौं, भदौ ७ :  फ्रेञ्च ब्याले डान्सर एलिजी बायनिकलाई नेपाल भन्ने देश संसारको कुन कुनामा पर्छ भन्ने पनि थाहा थिएन। उनले त नेपालको नामै सुनेकी थिइनन् रे!

उनी त लन्डन र पेरिसका भव्य थिएटरहरूमै रमाइरहेकी थिइन्। ओस्कार अवार्ड जित्न सफल हलिउड फिल्म ‘ब्ल्याक स्वान’ र अन्य केही फ्रेञ्च मूभीमा समेत ब्याले डान्स गरेकी एलिजीलाई कुनै दिन नेपाल पुगौंला भन्ने लागेकै थिएन।

तर, उनी अहिले नेपाल र नेपालीको मायामा यति गहिरो गरी डुबेकी छिन् कि उनलाई काठमाडौं छाडेर पेरिस फर्किने मन छैन। सोलिस पर्फमिङ आर्टस् नामक डान्स तथा थिएटर स्कुल खोलेर नेपालकै युवायुवतीलाई ब्याले, कन्टेम्पोरेरी, हिपहप र ज्याज सिकाउन व्यस्त छिन्, उनी।

एलिजी भन्छन्, ‘अहिले मलाई कसैले नेपाल र फ्रान्समध्ये कुन देशमा बस्न चाहन्छौँ भनेर सोध्यो भने म पक्कै नेपाल छान्छु। म यो देश र यहाँका मानिसको प्रेममा छु।’

सन् २०१५ मा साथी रविन श्रेष्ठसँग मिलेर सोलिस पर्फमिङ आर्ट्स खोलेकी एलिजी वान वल्र्ड थिएटरमा पनि सक्रिय छिन्। उनले काठमाडौंका विभिन्न मञ्चहरूमा ब्याले नृत्य प्रस्तुत गरी कैयौँको मन जितेकी छिन्। थुपै्र म्यूजिक भिडियो र नाटकहरूमा पनि अभिनय गरेकी छिन्।

प्रकाशित मिति: : 2019-08-24 10:41:38

प्रतिकृया दिनुहोस्