छोराछोरा हुर्काउँदै हुनहुन्छ भने...

बच्चा पेटमा रहँदादेखिका सबै प्रक्रिया बाल विकास हो। यो निरन्तर रूपमा भइरहेको हुन्छ। बाल विकासका धेरै 'कमपोनेन्ट' हुन्छन्।

बच्चा कहिले बस्छ, कहिले हिँड्छ, कहिले दगुर्छजस्ता कुराले  बाल विकासको प्रक्रियालाई निर्धारण गरेको हुन्छ।

बच्चाको हातको चाल, बोली, सामाजिक घुलन, बौद्धिक विकास, परिपक्वतालगायत बढ्दै जाने प्रक्रियालाई बाल विकास भनिन्छ।

यसको सिधा सम्बन्ध मस्तिष्क विकाससँग जोडिएको छ।

बाल विकासको महत्व

बच्चाको विकास राम्रोसँग भएन भने जीवनभर यसले असर गर्छ। युवा अवस्था र त्यसपछि उसले गर्ने काम प्रभावित हुन्छ।

परिवार, समाज र देशलाई योगदान दिने एउटा अब्बल नागरिक बनाउन बाल विकासले भूमिका खेलेको हुन्छ।

नेपाली समाजमा बाल विकासलाई धेरै प्राथमिकता दिइएको पाइँदैन। बाल विकासलाई न परिवारले ध्यान दिएको हुन्छ न त चिकित्सकले नै। यस्ता विषयमा जनचेतनाको पनि कमी छ।

बाल विकासमा देखिने समस्या

विभिन्न अध्ययनलाई आधार मान्ने हो भने ८ देखि १० प्रतिशत बालबालिकामा बाल विकासको समस्या छ।

योमध्ये सामान्य खालका समस्या धेरै छन् भने कडा खालका समस्या कम छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने बालबालिकामा बढी देखिने  बाल विकासको समस्या अटिजम हो।

प्रकाशित मिति: : 2019-08-24 10:33:07

प्रतिकृया दिनुहोस्