विद्युत प्राधिकरणको माथिल्लो तहमा एक जनामात्र महिला, चौथो तहमा सबैभन्दा बढी

नेपाल विद्युत प्राधिकरणको उपल्लो (१२औं) तहमा एकजना मात्र महिला कर्मचारी छन्। जबकि उक्त पदमा पुरुष भने ८ जना छन्। प्राधिकरणको निर्णायक तहमा महिलाको उपस्थिति निकै कम रहेको यो तथ्यांकले प्रष्ट पारेको छ।

अन्य तहमा भन्दा प्राधिकरणको चौथो तहमा महिला कर्मचारी बढी छन्। त्यही तहमा अन्य तहमा भन्दा पुरुष पनि बढी छन्। चौथो तहमा ४ सय २ महिला छन्। पुरुषको संख्या १ हजार ८ सय ६० छ, जुन अन्य तहमा भन्दा बढी हो। दोस्रो बढी महिला कर्मचारी भएको पाँचौ तह हो। यो तहमा २ सय ४० महिला कर्मचारी छन्।

पुरुष कर्मचारी पनि दोस्रो बढी हुने तह यही नै हो। उक्त तहमा १ हजार ६ सय २९ कर्मचारी छन्। त्यसैगरी, तेस्रो बढी महिला कर्मचारी हुने तह तेस्रो हो। यो तहमा १ सय ३७ महिला कर्मचारी छन्। चौथो बढी महिला हुने तह दोस्रो हो। यसमा १ सय ३१ महिला छन् । पाँचौ तहमा ८०, छैटौंमा ४८, अधिकृततर्फ आठाै‌मा २७, नवौं र दशौंमा ३–३ महिला कर्मचारी छन्। ११ औं तहमा भने प्राधिकरणमा कोही पनि महिला कर्मचारी छैनन्।

नेपाल विद्युत प्राधिकरणको असारसम्मको तथ्यांक अनुसार प्राधिकरणमा ९ हजार १ सय ३ कर्मचारी (स्थायी, म्यादी र करार) कार्यरत छन्। तर स्वीकृत दरबन्दी (नियमित र आयोजना) ११ हजार १ सय ४२ जना छन्।

प्रकाशित मिति: : 2019-08-20 19:57:36

प्रतिकृया दिनुहोस्