नेपाल एयरलाइन्सलाई उछिनेर बेइजिङ उड्दै हिमालय एयरलान्स

नेपाल एयर, हिमालय एयर र बेइजिङको दासिङ विमानस्थलको एनिमेटिड तस्वीर ।

काठमाडौं, भदौ १ : प्रधानमन्त्री केपी ओली निटक व्यापारीको मुख्य शेयर रहेको निजी क्षेत्रको लगानीमा स्थापित हिमायल एयरलाइन्सले चीनको राजधानी बेइजिङको दासिङ विमानस्थलमा कात्तिकदेखि उडान गर्ने तयारी थालेको छ। 

हिमालयले बेइजिङ मात्रै नभएर बेइजिङ सहित पाँच वटा गन्तव्यमा उडान गर्नका लागि प्रक्रियानै सुरु गरेको छ। 

केही साता अगाडी मात्रै हिमालयलाई चीनले बेइजिङ उडानको अनुमति दिइसकेको हो । नेपालको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले ३ वर्षदेखि चीनको गन्जाओ उडान गर्नका लागि अनुमति मागेपनि हालसम्म पाउन सकेको छैन। 

तीन वर्षपछि आएर बल्ल चीनको हवाई उड्डयनले नेपाल वायुसेवा निगमको अडिटको तयारी थालेको छ।  

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीन उडान गर्न नसकिरहेकोवेला प्रधानमन्त्री केपी ओली निकट व्यापारी सोनाम छिरिङ शेर्पा मुख्य लगानीकर्ता रहेको हिमालयले भने चीनमा आक्रामक उडानको प्रक्रिया थालेको हो। 

हिमालयले एयरवस ३३० भाडामा ल्याउने प्रक्रिया समेत सुरु गरेकोले छिट्टै चीनको राजधानी बेइजिङमा निर्माण भएको अत्याधुनिक नयाँ विमानस्थलमा उडानको तयारी गरेको छ । केही साता आगाडी मात्रै नेपाल वायुसेवा निगमलाई सुरक्षा अडिट पछि मात्रै उडान अनुमति दिने पत्र चीनले पठाएको थियो। 

जसको समय अझै एकवर्ष लम्बिने पक्का भइसकेको मन्त्रालयका अधिकारीहरुको बुझाई छ। 

चीन उडानको अनुमति नपाउँदा नेपाल वायुसेवा निगमले खरिद गरेको एयरवस ३३० जहाजको नयाँ गन्तव्य पाउन सकेको छैन । नेपालको हवाई आकाशलाई युरोपेली आयोग आएसाले सन् २०१३ देखि कालो सूचिमा राख्दै आएको छ । जसका कारण चीनले पनि नेपालको हवाई सुरक्षा अडिट पछि मात्र्र अनुमति दिने जवाफ दिएको छ।

 हिमालय एयरलाइन्सको एयरवस ३३० जहाज भाडामा लिएर बेइजिङको नयाँ सुविधासम्पन्न दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेगरी प्रक्रिया अगाडी बढाएको हो । ३३० जहाज ल्याउनका लागि प्रक्रिया समेत सुरु गरेको हिमालय एयरलाइन्सले जनाएको छ। 

एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत चीनका पाँच वटा गन्तव्यमा उडानको प्रक्रिया सुरु गरेको हो । चीनले सन् २०१४ देखि निर्माण सुरु गरेको विमानस्थलमा परिक्षण उडान यसै वर्ष गरेको थियो। 

चीनले १२ विलियन अमेरिकी डलरमा बेइजिङमा नयाँ विमानस्थल बनाएको छ ।  सोही विमानस्थलमा हिमालयले उडान गर्नेगरी प्रक्रिया अगाडी बढाएको छ ।    
हिमालयले हाल भने चीनको चोङकिङ शहरमा चार्टर उडान गरिरहेको छ । हिमालयले चोङकिङ विमानस्थल सहित बेइजिङ, सांघाई, ग्वाङजाओ र तियानजिन शहरमा सेडुवल उडान गर्नेगरी प्रक्रिया आगाडी बढाएको छ। 

प्रकाशित मिति: : 2019-08-19 07:12:35

प्रतिकृया दिनुहोस्