भाइरल ज्वरो निको हुन १०-१५ दिन लाग्न सक्छ, कसरी ख्याल गर्ने ?

प्रतिकात्मक तस्बिर

के हो भाइरल ज्वरो?

मौसम परिवर्तनसँगै तापक्रममा पनि परिवर्तन आउँछ।यस्तो बेला भाइरलको संक्रमण पनि बढ्छ। यो सधैं भइरहने नियमित प्रक्रियाजस्तै भइसकेको छ। सन १९२९ देखि नै भाइरल ज्वरो आइरहेको छ।

हरेक ५-६ वर्षमा यसले ठाउँसमेत परिवर्तन गरिरहेको हुन्छ।बर्डफ्लू, स्वाइन फ्लू पनि भाइरल नै हो। यो सबै इन्फ्लुएन्जासँग सम्बन्धित छ। भाइरल संक्रमण भएको बेला बिरामीलाई १०४ डिग्रीसम्म ज्वरो आउन सक्छ।

रूघाखोकीसँगै नाकबाट पानी बगिराख्ने हुनसक्छ। शरीर धेरै थाक्ने, ढाड दुख्ने, जिउ गलेको महशुस हुने, टाउको  र आँखा दुख्ने, बान्ता हुने र पखाला लाग्ने हुन्छ। बच्चाहरूलाई  बान्ता र पखाला बढी हुन्छ। यसले श्वानलीमा समेत संक्रमण गर्छ। भाइरल ज्वरोले शरीरका धेरै अंगलाई असर गरेको हुन्छ। यसको असर बुढाबुढी र बच्चालाई धेरै हुन्छ।

उपचार कसरी गर्ने?

रूघा लागेको छ भने यसकै औषधि खानुपर्छ। ज्वरो आयो भने सिटामोल खाने अनि बढी मात्रामा झोलिलो खाना खानुपर्छ। झोलले भाइरललाई हटाउँछ। रूघा लागेको बिरामीले चारैतिर छुनु हुँदैन।

खोक्दा,हाच्छ्यूँ गर्दा जोगिनु पर्छ भने मास्क लगाउनु पर्छ। रूघा लागेका मान्छेसँग हात मिलाउनुको साटो नमस्कार गर्ने गर्नु राम्रो हो।

स्वाइनफ्लू भएको छ भने सकेसम्म भोजभतेरमा जानु हुँदैन। घरमा एउटालाई भाइरल भएको छ भने अरूलाई सजिलै सर्न सक्छ। बिरामी र अरूले एउटै कपडा प्रयोग गर्नु हुँदैन। स्कुल र होस्टेलमा पनि भाइरल ज्वरो एउटालाई आएको छ भने अरूलाई पनि आउँछ।

ज्वरो नियन्त्रणमा आएन, श्वास फेर्न गाह्रो हुन थाल्यो, खोकी लागिरह्यो, खकार पहेँलो आउन थाल्यो,बिरामी बर्बराउन थाल्यो भने अस्पताल जानुपर्छ।

लापरबाही गरे के हुन्छ?

बच्चालाई भाइरल ज्वरो आउँदा बेवास्ता गरे निमोनिया भएर भेन्टिलेटरमा समेत राख्नु पर्ने हुन सक्छ। मुटुको र मस्तिष्कको संक्रमण हुन सक्छ।

त्यसैले रूघाखोकी लागिरहन्छ भनेर चुपचाप बस्नु हुँदैन।धेरै दिनसम्म लागिरह्यो भने तुरून्तै डाक्टरकहाँ जानु पर्छ। ज्वरो आफैंमा रोग होइन।

यो धेरै प्रकारका रोगको लक्षणमात्रै हो।

भाइरल इन्फेकस्नको एउटा कारण ज्वरो पनि हो। हुन त टाइफाइडमा पनि ज्वरो आउँछ।

प्रकाशित मिति: : 2019-08-17 10:31:10

प्रतिकृया दिनुहोस्