प्रधानमन्त्री ओलीले बालुवाटारमा नयाँ निवासको शिलान्यास गर्दै

फाइल तस्बिर

सत्तारुढ नेकपाको बिहीबार बिहान बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।

बिहीबार बिहान ९ बजे तय भएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायहरूमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ।

केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटी लगायतमा जिम्मेवारी तोकिएको छैन।

बिहान ९ बजे तोकिएको सचिवालय बैठक स्थगित गरेका ओलीले बिहान साढे ११ बजे बालुवाटारमा प्रधानमन्त्री निवासको शिलान्यास गर्दैछन्। बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको अहिलेको संरचना भत्काएर दुई वर्षमा नयाँ भवन बनाउने गरी प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन्।

 

प्रकाशित मिति: : 2019-09-19 11:10:35

प्रतिकृया दिनुहोस्