फुटबल

जाे करियरकाे अन्त्यतिर अमेरिका र युराेप छाडेर एसियातिर लम्किए

Photo: Agency
Photo: Agency

विश्व फुटबलमा अमेरिका र युरोपका खेलाडीहरु जादुमय रुपमा चम्किरहेका छन्। उनीहरु अमेरिकन र युरोपियन देशमा हुने प्रसिद्ध लिगबाट नै आफ्नो करियर चम्काउने र अस्तित्व कायम राख्ने गरेका छन्। तथापि, पछिल्ला वर्षहरुमा भने विश्वप्रसिद्ध क्लबहरुमा चम्किरहेका केही खेलाडी भने धमाधम नयाँ तथा साना क्लबहरुमा प्रवेश गरेका छन।

युरोप तथा अमेरिकाका ठुला–ठुला क्लबमा आवद्ध रहेका खेलाडी आफ्नो खेल जीवनको अन्तिम क्षणमा एसियाली मुलुकका साना क्लबमा गएका छन।

विश्व फुटबलका यी स्टार जो खेल जीवनको अन्त्यतिर एसियाली क्लबहरुमा आवद्ध भए :

क्रिस्टियानाे राेनाल्डाे

विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानाे राेनाल्डाेले आफ्नाे फुटबल करियरमा विश्वका सबैभन्दा चर्चित क्लबमा रहेर उत्कृष्ट प्रदर्शन गरे। खेलसँग उत्कृष्ट क्लबहरुमा रहेकै कारण उनी खेल जीवनकाे लागि ठुला– ठुला अवसरहरु प्राप्त गरे। तथापि, अहिले भने उनी साउदी अरबकाे क्लब अल नसारबाट खेलिरहेका छन्। उनी विश्वकप फुटबल सकिए लगत्तै साे क्लबबाट खेल्ने निर्णय गरेका हुन्।

उनले साेही समूहबाट विश्वकपछिकाे सबैभन्दा प्रतिक्षित खेल खेलेका छन्। उनकाे समूह विश्वविजेता लियानल मेस्सी, केलियन एम्बाप्पे र नेयमार सहभागी पेरिस सेन्ट जर्मेनसँग गत बिहीबार प्रतिस्पर्धा गरेकाे थियाे।

साउदी अरबकाे साे क्लब राेनाल्डाेकाे आगमन हुनुअघि गुम्नाम थियाे तर उनकाे प्रवेशले साे क्बल विश्वस्तरमा चर्चामा रहेकाे छ। राेनाल्डाेले अल नसारसँग २.५ वर्षकाे लागि सम्झाैता गरेका छन्। उनले साे क्लबमा २०० मिलियन युराे डलरमा खेल खेल्ने सम्झाैता गरेका छन्, जुन अहिलेसम्म फुटबल खेलाडीले पाउने रकममध्ये सबैभन्दा ठुलाे हाे।

रोनाल्डो सन २००३ मा म्यानचेस्टर युनाइटेड क्लबमा आवद्ध भएका थिए, जहाँ उनले ३४६ खेलमा १४५ गोल गर्न सफल भएका थिए। उनी सन २००३ देखि २००८ सम्म म्यानचेस्टर युनाइटेडबाट खेल्दै आइरहेका थिए।

त्यसपछि उनले सन २००९ देखि २०१८ सम्म विश्वको एक प्रख्यात क्लब रियल म्याड्रिडबाट खेले। उनले सो क्लबमा ४३८ खेलमा ४५० गोल गरे, जहाँ उनले क्लबमा सर्वाधिक गोल गर्ने खेलाडीको इतिहास रचेका छन्।

उनले सन २०१८ मा रियल म्याड्रिड छाडेर फुटबल क्लब युभेन्टसमा आवद्ध भएका थिए। उनले सो क्लबमा ९८ खेलमा ८१ गोल गरेका थिए। त्यसपछि उनी सन २०२१ मा पुन म्यानचेस्टर युनाइटेडमा फर्किए। तर, उनले  म्यानचेस्टर युनाइटेडमा रहँदा क्लबका म्यानेजर एरिक तेन हागप्रति इज्जत नभएको र म्यानचेस्टर युनाइटेड क्लबले उनलाई नराम्रो व्यवहार भएको बताएका थिए। सोही कुरारले विश्वकप खेल्नुअघि म्यानचेस्टर युनाइटेडले उनलाई बर्खास्त गरेकाे थियाे।

आन्द्रेस इनिस्टा

स्पनेका विश्व प्रख्यात खेलाडी हुन्, आन्द्रेस इनिस्टा। फुटबल क्लब बार्सिलोनमा आफ्नाे आधा जीवन खेलेका उनी पनि आफ्नाे करियरको अन्तिम समयमा आएर एसियाली मुलुकको एक सानो क्लबमा आवद्ध भएका छन्।

उनले सन २००२ देखि २०१८ सम्म फुटबल क्लब बार्सिलोनाबाट खेल्दै आएका थिए। आफ्नाे जीवनको एक युग बिताएकाे बार्सिलोनमा उनले ६६९ खेलमा ५७ गोल गरेका थिए। उनी बार्सिलोनामा रहँदा उनलाई सो टिमको मेजर खेलाडीको रुपमा चिनिन्थियो।

उनले सन २०१८ मा बार्सिलोना छाडेसँगै सन २०१८ देखि २०२४ सम्मको लागि भाइसेल कोब क्लबमा आवद्ध हुने सम्झौता गरेका छन। उनी हाल उक्त क्लबको कप्तानको रुपमा खेलिरहेका छन। क्लब मात्र नभई उनी स्पेनिस राष्ट्रिय टोलीका एक महत्वपूर्ण खेलाडीको रुपमा परिचित थिए।

इनिस्टाले फुटबल क्लब बार्सिलोनामा २२ वर्ष बिताएका थिए। उनले पहिलाे चरणमा सन २०१८ देखि २०२१ सम्म भाइसेल कोबलाई ३ वर्षीय सम्झौता गरेका थिए। भने, उनले पुन: सन २०२१ देखि २०२४ सम्म सोही क्लबमा सम्झौता गरेका छन। उनले सो क्लबसँग ३० मिलियन अमेरिकी डलरमा सम्झौता गरेका छन।

एलेसेन्ड्रो डेल पिएरो

९० को दशकको एक प्रख्यात खेलाडी हुन, एलेसेन्ड्रो डेल पिएरो। उनी इटालनी राष्ट्रिय टोलीका खेलाडी थिए। उनी ९० को दशकमा फ्रि किक विशेषज्ञको रुपमा परिचित थिए।

आफ्नाे देशमा दमदार प्रस्तुत गर्ने उनी सन १९९३ देखि २०१२ सम्म फुटबल क्लब युभेन्टसमा आवद्ध थिए। उनले फुटबल क्लब युभेन्टसमा ७०५ खेल खेल्दा २९० गोल गर्न सफल भएका थिए। त्यसपछि सन् २०१२ देखि २०१४ सम्म सिड्नी फुटबल क्लबमा आवद्ध भए। उनले उक्त क्लबमा २४ गोल गर्न सफल भएका थिए।

सन २०१४ मा उनले इन्डियन क्लब दिल्ली डायनामोजबाट खेल्न थाले। एलेसेन्ड्रोले आफ्नाे जीवनकालभरि प्रख्यात क्लबसँग आवद्ध थिए तर करियरकाे अन्त्यतिर उनी सानाे क्लबमा आवद्ध भए।

निकोलस एनेल्का

फ्रेन्चका पूर्व फरवार्डर र म्यानेजर थिए, निकोलस एनेल्का। उनी आफ्नाे समयका एकदमै राम्रो स्ट्राइकरको रुपमा परिचित थिए।

उनले आफ्नाे खेल जीवनको सुरुवात पेरिस सेन्ट जर्मेन (पिएसजी) पिएसजीबाट गरेका थिए। आफूले छोटो समय पिएसजीमा खेलेपछि उनी फुटबल क्लब आर्सनलमा आवद्ध भए। निकोलस एनेल्का फुटबल जगतमा एउटा प्रख्यात नाम हाे।

उनले विश्वका ठुला–ठुला क्लबहरु पिएसजी, आर्सनल, रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुलजस्ता क्लबबाट खेले। तर, उनले पनि आफ्नाे खेल जीवनको अन्त्यमा एसिया मुलुको एउटा सानो देशबाट खेले।

उनले सन २०१४ मा भारतको इन्डियन सुपर लिगअन्तर्गत मुम्बई सिटीमाबाट आएर आवद्ध भए। जहाँ उनले आफ्नाे दमदार प्रस्तृती दिन सफल भए। त्यसपछि सन २०१५ मा उनी सोही टिम मुम्बई सिटीमा टिम प्लेयर म्यानेजरको रुपमा आवद्ध भए।

मार्का माटिराइज

इटालीका एक प्रख्यात खेलाडी हुन्, मार्का माटिराइज। आफ्नाे क्लबमा मात्र नभई उनले आफ्नाे देशका लागि पनि एकदमै धेरै सफलता हासिल गरेका छन।

फुटबल जगतमा हालसम्म पनि सन २००६ मा विश्वकप फुटबलमा घटेको घटनाबारे उनको चर्चा अहिलेसम्म हुन्छ। उनले फ्रान्सको पहिलो गोलको नेतृत्व गर्ने प्रारम्भिक पेनाल्टी दिएका थिए। १२ मिनेटपछि इटालीको बराबरी गोल गरे र अतिरिक्त समयमा जिनेदिन जिदानबाट हेडबट प्राप्त गरे जसलाई रातो कार्डको साथ दण्डित गरेको थियो। यो क्षण विश्वकप फुटबलमा कहिल्य बिर्सन्न नसक्ने कुरा हो।

उनको क्लबको करियरमा उनले आफ्नाे सुरुआत इटालीयन लिग सिरिज बी, सिरिज सी र एभर्टनबाट खेलेका थिए। क्लबमा रहँदा उनले यूइआफए, च्यापिम्नसिप, कोपा इटालीयन टाइटलस, सुपर कोपा इटालीयन टाइटलहरु जित्न सफल भए।

उनले विश्वका ठुला क्लबबाट नेखेले पनि आफ्नाे चर्चा ससांरभर बटुल्न सफल भएका थिए।

उनीले सन २०१४ मा इन्डियन क्लब चेनाइ फुटबल क्लबमा आवद्ध भए। उनले चेनाइ फुटबल क्लबमा दुई पटक सम्झौता गरे। उनी पनि आफ्नाे जीवनको अन्त्यमा आएर साना क्लबमा आवद्ध हुन पुगे।

प्रकाशित मिति: : 2023-01-22 11:45:00

प्रतिकृया दिनुहोस्