वर्ष ७६, कमाई वार्षिक पाँच लाख

धन कमाउन विदेशिने क्रम बढिरेका बेला रुकुमपूर्वका ७६ वर्षीय एक बृद्धले काम गरेर वार्षिक पाँच लाख रुपैंया आम्दानी गरिरहेका छन् ।

सिस्ने गाउँपालिका–३ पोखराका ७६ वर्षीय मनिराम बुढाले घट्टको पाथर (पानी घट्टमा प्रयोग हुने ढुंगा) बेचेर वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । उनलाई काम गर्न उमेरले छेकेन ।

७६ वर्षको उमेरमा पनि मनिरामसँग जोश र जाँगर निकै छ । बुढेसकालले छोए पनि उहाँ आफ्नो कामलाई निकै मन लगाएर गर्दै छन् ।

रोप्या खेत पहेला भैग्या मेरा दुःख उसाइ

मनिराम परिवारसँग मिलेर बिहानै घरको काम सक्छन् । त्यसपछि घन, हथौँडा र छिनो बोकेर पाँच मिनेट परको राक्से पुग्छन् । बाह्र वर्षदेखि ढुङ्गासँगै मितेरी गाँस्दै बिताएका उनी अहिले पनि पत्थरको घट्ट बनाउछन् ।

महिनामा दुई घट्ट बनाउने मनिरामले वर्षमा २५ वटासम्म घट्ट तयार पार्ने गरेको बताए । एउटा घट्टलाई ४० हजारसम्ममा बिक्री गर्ने गरेको बताउँदै उनी भन्छन्, ‘घट्ट चाहियो भनेर विभिन्न ठाउँबाट माग आउँछ, मागअनुसार बनाउँछु । निर्माण गरेका सबै घट्ट बिक्री हुन्छन् ।’

हदबन्दीभन्दा बढी जग्गा लुकाउनेलाई कारबाहीको तयारी (भिडियोसहित)

मनिरामले गाई, बाख्रा, भैँसी, कुखुरा पनि पालेका छन् । घरको काममा उनलाई परिवारले पनि सघाउने गरेका छन् । घरधन्दा सकेर बँचेको सबै समय पाथर बनाएरै बिताउने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति: : 2019-08-16 19:12:36

प्रतिकृया दिनुहोस्