दादालाई महिले राम्रैसँग चिनेको छु म्याम त्यसैले आफुभन्दा बढी उसैको मयात लाग्छ, उसको खुसीमा औदी रमाईलो लाग्छ,

सिन्धुपाल्चोककी एक विवाहित महिला (बालिकाकी आमा) लाई दलालले वैदेशिक रोजगारीको नाममा कुबेत पुर्‍याउँछन्। खानलाउनै गाह्रो परेपछि दलाललाई रकम बुझाइ उनी कुबेत त पुगिन् तर, यहाँ भनिएको भन्दा त्यहाँको अवस्था फरक पाइन्।

कुबेत पुग्‍नेबित्तिकै उनले काम गर्ने घरको मालिकले उनको पासपोर्ट खोसेर राखे। अत्यधिक शारीरिक परिश्रम गराउने, घरमा सम्पर्क गर्न नदिने गर्न थाले। त्यतिमात्र होइन तीन वर्षसम्म सम्पर्कविहीन र यौन तथा शारीरिक शोषणबाट लगातार पीडित भइन्।

अति भइसकेपछि एक दिन आँट गरेर उनी झ्यालबाट हाम फालेर भागिन्। स्थानीय प्रहरीले समात्यो, उनीसँग पासपोर्ट थिएन। पासपोर्ट घर मालिकले नै राखेको थियो। त्यसपछि उनी कुबेतस्थित नेपाली दूतावासको शरणमा पुगिन्। नेपालमा रहेको परिवारले ४ लाख ४९ हजार रुपैयाँ जोहो गरेपछि बल्ल उनी स्वदेश फर्कन पाइन्।

उनी अहिले पुनस्र्थापना केन्द्रमा आश्रित छिन् । यस घटनामा वैदेशिक रोजगारीमा ठगीको उजुरी दिइएको छ तर मानव बेचबिखनको अनुसन्धान भएको छैन। यो घटनालाई राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन, २०७६’ मा समेटिएको छ।

मानव अधिकार आयोगको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ३ सय ७४ जना स्वदेशभित्रै बेचबिखनमा परेका थिए भने २ सय ६६ जनालाई बिदेशबाट उद्धार गरिएको थियो।

 

प्रकाशित मिति: : 2019-08-16 18:50:32

प्रतिकृया दिनुहोस्