अनिता लामा
पूर्वमा पखेटा फिँजाउँदै गरेको बिहानीमा
न्यानो आवासको बिछ्यौना खोज्दै गरेकी मेरी आमा !
बिहानी अब चाँडै नै दिनमा परिणत हुँदैछ।
अनि सँधैभरि ओसीलो झुप्राहरूमा
घामको ओत खोज्ने मेरो बाबा !
तिम्रो तृष्णा अब छिट्टै मेटिँदैछ।
मेरा सारा साथीसंगीहरू
हो यहाँ 'त्यो दिन' आउँदैछ
जहाँ अनगिन्ती बाबा आमाहरुले न्यानो ओत पाउनेछन्
तेजोमय हुनेछन् सर्वहाराहरू
शक्तिले पूर्ण हुनेछन् अशक्तहरू
उल्लासले उठ्नेछन् निमुखाहरू
र श्रमको पसिना लुट्नेहरूका विरुद्ध
भ्रमको खेति रच्नेहरूका विरुद्ध
हिमालको ताज लिएर आउँदैछ 'त्यो दिन'
असहायहरूको बैशाखी सिद्ध हुनेछ।
हो, आमा सँधै मेरो पौरखलाई छातिको लेपन दिइरहने
तपाईंको स्पर्शी ममत्वमा जुटीरहेकी छु 'त्यो दिन' भित्र्याउन
सँधै मेरो बहादुरीको व्याख्यान गर्ने मेरो बाबा !
अब प्रतिक्षा सकिंदैछ तपाईंको हौसलाको
यहाँ घामहरू बस्ती सम्हालेर
मसाल जगाइसकेका छन्, चेतनाको
म हृदयको ब्यानर टाँगीरहेकी छु
'त्यो दिन'को शुभ मुहुर्तमा।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया