पत्रकार शालिकराम पुडासैनीको भिडियो बयानः ‘मेरो हत्यारा रवि लामिछाने हो’

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० मा चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि आफैँले रुदै मोबाइलमा दुइवटा भिडियो बनाएका थिए। प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको छ। नेपालआज अनलाइनलको युट्युब च्यानलले बुधबार  भिडियो सार्वजनिक गरेको छ।

अमेरिकामा एक नेपालीबासी महिलाले लिइन् आफ्नै श्रीमानको ज्यान

सार्वजनिक भिडियोमा करिब १० मिनेटभन्दा बढी उनले आफ्नो मृत्युको कारणबारे खुलाएका छन्। उनले रुदै भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेका छन्। आत्महत्याको कारण न्युज २४ टेलिभिजनबाट प्रसारण हुने 'सिधाकुरा जनतासँग' टिमका रवि लामिछाने, युवराज कँडेल तथा अर्की एक युवती रहेको खुलाएका छन्।

पढ्नुहोस् उनले भिडियोमा बोलेको कुरा जस्ताको तस्तै:

 म सेक्युरिटी अफिस चलाएर बसिरहेको बेला युवराज कँडेलसँग केही वर्ष अगाडि भेट भयो। उनले मलाई न्युज२४ मा ल्याउन कोसिस गरे। त्यतिबेला मैले जान्न भनेँ। केही भिडियोहरु खिचेर ल्याएर दिएँ। त्यसपछि रवि लामिछाने दीपक बोहोरा भएर मलाई काठमाडौं तान्न कोशिस गरे। त्यतिबेला मेरो सेक्युरेटी कम्पनी र कन्सल्टेन्सी थियो। मैले मेरो व्यापार छ। महिनाको एक–डेढ लाख रुपैयाँ कमाइरहेको छु भनेँ। अस्वीकार गरे। तर उनीहरुले अति प्रेसर गरेपछि मैले सोचेँ। कामै हो, गरौं भन्ने लाग्यो।

जो हात टट्काएरै उपचार गर्छन् (भिडियोसहित)

तर मैले फूलटाइम गर्न सक्दिन, मेरो व्यापार छ भनेँ। उनीहरुले पार्टटाइम गर न त भने। सुरुमा मलाई मासिक १५ हजार रुपैयाँ दिएका थिए। मैले ठिकै छ भनेँ काम गर्न थालेँ। त्यसपछि मलाई तिम्रो सबै अफिस छोड, यहाँ पूर्णकालीन भएर काम गर्नुपर्छ भने। दवाब दिए। उनीहरुले भने बमोजिम मैले आफ्नो सबै व्यापार छोडेँ। मेरो कमाउने उपाय सिद्धियो। सिद्धार्थ बैंकबाट ऋण लिएको थिएँ। त्यो बुझाउन अहिले पनि बाँकी छ। त्यो कसरी तिर्ने भनेर सोच्दै जाँदा म डिप्रेसनमा गइसकेको थिएँ। यो त्यही ऋणको कारणले हो।

राजा हुन खोज्दा एक्लो सांसद भए पवन चाम्लिङ !

सम्झना (श्रीमती) म गलत थिइनँ। रवि दाई र दीपक दाईले मलाई अति तनाब दिए। उनीहरुले कति दुःख दिए भनेर म सोचेर पनि सोच्न सक्दिनँ। दीपक दाईले त प्याट्ट र पुट्ट बनाउथे अफिसमा। कपडा समाएर तान्थे। घोक्र्याउथे। नानाथरि भन्थे। त्यो कसरी बिर्सिने? उनीहरुमा सिधाकुराको दम्भ धेरै थियो। कतिलाई बिना कारण दोष लगाएर न्युज बनाउथे। मलाई पनि त्यसै गरी काम गर्न भनिन्थ्यो। जोसँग रिस उठ्यो त्यसलाई सिध्याउँथे। व्यक्तिगत रिसइबी टिभी कार्यक्रममा ल्याएर साँध्थे।

कतारीलाई नेपाली कामदारको सौगात, चालकरहित मेट्रो उपहार (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-14 20:31:01

प्रतिकृया दिनुहोस्