अवैध इन्स्टिच्युटको गोरखधन्दा, चोरी गराएर पास गराउने ग्यारेन्टी, ३५/४० हजारमा कुनै पनि डिग्रीको प्रमाणपत्र

जनकपुरस्थित श्रीराम इन्टरनेसनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलाेजीले अवैध रूपमा डिप्लोमा कक्षा सञ्‍चालन गरी विद्यार्थी ठग्दै आएको खुलासा भएको छ।

इन्स्टिच्युटले विद्यार्थीलाई चोरी गराएर भए पनि परीक्षामा उत्तीर्ण गराउने ग्यारेन्टी लिने प्रतिबद्धता जनाएको अडियो रेकर्ड नेपालन्युजलाई प्राप्त भएपछि ठगी खुलासा भएको हो।

नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बन्धन लिएरमात्र डिप्लोमा कक्षा सञ्चालन गर्ने कानुनी व्यस्था छ।

तर, उक्त इन्स्टिच्युटले भारतको अरुणाचल युनिभर्सिटीबाट सम्बन्धन लिई सिटिइभिटीबाट समकक्षता गराएको भनी किर्ते कागज देखाउँदै विद्यार्थीलाई ठग्दै आएको खुलेको हो।

इन्स्टिच्युटले विद्यार्थीलाई सिटिइभिटीले तोकेभन्दा कम शुल्क लिई भर्ना गर्दै आएको थियो। खासगरी ग्रामीण क्षेत्रका गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई कमै शुल्क लिएर पठनपाठन गराउँदै आएको भन्दै ठग्ने गरेको विद्यार्थीहरूको गुनासो छ।

उक्त इन्स्टिच्युटले सिटिइभिटीबाट तोकिएभन्दा ४० प्रतिशतसम्म कम शुल्क लिएर नामाङ्कन गर्ने गरेको पाइएको हो। सिटिइभिटीले प्राविधिक शिक्षा समितिबाट सिट तोकेको हुँदा प्रवेश परिक्षामा उत्तीर्ण हुन नसक्ने कमजोर विद्यार्थीलाई उक्त इन्स्टििच्युटले सात वर्षदेखि यसैगरी ठगी गर्दै आएको थियोे।

‘तिकंर काण्ड’ र दार्चुलावासीको भविष्य (भिडियोसहित)

कलेजले चालू शैक्षिक सत्रमा अहिलेसम्म २५ विद्यार्थीको नामाङ्कन गरेको र करिब २ सय ५० विद्यार्थी अध्ययनरत रहेको कलेजका निर्देशक फिरोज राइनले बताए।

इन्स्टिच्युटले विद्यार्थी पढाइमा जस्तोसुकै कमजोर भए पनि नियममित उपस्थित भई अनुशासित भएर पढाइ गरे विद्यार्थीलाई चोरी गराएरसमेत पास गारउने ग्यारेन्टी लिँदै आएको छ। आफ्नै कलेजमा परीक्षा केन्द्र राखी इन्स्टिच्युटले परिक्षा लिँदै आएको छ।

प्रकाशित मिति: : 2019-08-13 15:46:23

प्रतिकृया दिनुहोस्