महेश नेपाली
गुठीचाैरमा शृङ्खलाबद्ध रुपमा आगलागी भएपछि अनुसन्धानकाे क्रममा प्रहरीले शंकास्पद दश जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार अगालागी भएका ठाउँका दश जनालाई नियन्त्रणमा लिएएको हो। हाल उनीहरुमाथि अनुसन्धान भइरहेको छ उनले बताए।
गुठीचौर गाउँपालिका-४ का विभिन्न वडा र गाउँमा एकै रातमा शृङ्खलाबद्ध रुपमा सातवटा घर आगलागी भएकाे वडाध्यक्ष टिकादत्त न्याैपानेले बताए।
उनका अनुसार धवलपुर गाउँका प्रेम न्याैपाने र खडान्द पाण्डेकाे घर, बाउली गाउँमा कविदत्त न्याैपानेकाे घर, डाँडाबाडामा कविदत्त न्याैपानेकाे घर, दलिबाडामा लालचन्द्र सार्कीकाे घर र बिगारे गाउँमा भिम प्रसाद जैशीकाे घरमा अज्ञात समूहले आगाे लगाउँदै हिँडेकाे देखिन्छ।
त्यस्तै पार्किङ गरी राखेकाे ट्याक्टरमा समेत आगाे लगाइएकाे छ। सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्याैपानेकाे घरमा क्षति भएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया