बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)की नेत्री देवी खड्काले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पीडितमैत्री भएको बताएकी छिन्।
शनिबार काठमाडौंमा आयोजित ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै नेत्री खड्काले राजनीतिक रुपमा सहमति भएर अघि बढेको विधेयकले पीडितको घाउमा मल्हम लगाउने उल्लेख गर्दै समाज परिवर्तनको प्रक्रियामा इँट्टा थप्ने काम गरेको बताइन्।
उनले भनिन्, ‘अहिलेको टिआरसीसम्बन्धी विधेयक संशोधन गर्ने कार्यदलले दिएको प्रस्तावमा गम्भीर मानव उल्लनघङका घटनाहरुमा जवरजस्तिकरणी र बलात्कारका घटनाहरुलाई पनि समावेश गरिदिनुभएको छ। सजाय छुट गर्ने सन्दर्भमा गम्भीर यौनजन्य हिंसाको हकमा लागुहुने छैन भन्ने कुरा राखिदिनुभयो। महिलामाथि हुने हिंसाको मात्रै घटना होइन, सामाजिक परिवेश, पृत्तिसत्तात्मक सोच र मूल्य मान्यताको विरुद्ध कसरी लड्ने र समाज परिवर्तनको पाइलामा इँट्टा थप्ने काम दस्तावेजले गरेको छ। द्वन्द्वपीडितको घाउमा मल्हम लगाउने प्रस्ताव त्यस दस्तावेजमा समावेश गरिएको छ। यसलाई पारित गरिदिन हार्दिक अनुरोध गर्न चाहान्छौं।’
आफूहरु टिआरसीसम्बन्धी विधेयक अगाडि बढाउन लामो समयदेखि संघर्ष गरिरहेको उल्लेख गर्दै उनले अब द्वन्द्वपीडित महिलाहरुले अनुहार छोपेर हिड्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन्।
‘अब घटनामा परेर पीडित हुने महिलाहरुले अनुहार छोपेर हिड्नुपर्दैन। पीडकहरुले अनुहार लुकाउन नपरेपनि छलेर हिड्नुपर्ने अवस्था आयो भने समाज ठिक ठाउँमा पुग्छ। दस्तावेज संसदबाट पास भएपछि आयोग स्थापना हुनेछ र उजुरी दर्ता हुन सुरु हुनेछ,’ उनको भनाइ छ।
भिडियाे:
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया