दसैँ अगाडि नै मुख्य सहरमा फोरजी सेवा सुरु गर्नेछौँ : प्रवन्धनिर्देशक डिल्लीराम अधिकारी

तस्बिरः रातोपाटी

काठमाडौँ । आधुनिक युग डिजिटल वल्र्डको अवधारणमा अघि बढिरहेका बेला यतिखेर विश्वमा उच्चतम प्रविधि तथा टेक्नोलोजीको प्रयोग र माग दिनानुदिन बढिरहेको छ । आजको युगलाई नै प्रविधिमैत्री तथा यान्त्रीकरण गर्न विश्व लालायित छ । यस्तो अवस्थामा सूचना तथा आमसञ्चार माध्यमको महत्त्वलाई कम आँकलन सकिँदैन । सूचना तथा सञ्चारको भूमिका अतुलनीय छ । यसलाई आजको विश्वले आत्मसात गरिसकेको अवस्था पनि हो । यसमा टेलिकम्युनिकेसन प्रविधिलाई विशेषतः प्रमुख मानिन्छ ।

विश्वमा सन् १८८० कै दशकमा आविष्कार भइसकेको टेलिफोन नेपालमा भने ढिला गरी सन् १९६० को दशकमा मात्र भित्रिएको मानिन्छ । वि.सं. २०३२ सालमा आधिकारिक रूपमा नेपाल टेलिकम्युनिकेसन कर्पोरेसन (एनटीसी)को स्थापना भएपश्चात मात्र टेलिकम्युनिकेसनको सुविधा सर्वसाधारण जनतामा पुगेको थियो । आज यही कम्पनीले नेपालको एक मात्र सरकारी टेलिकम्युनिकेसन कम्पनीका रूपमा सेवा प्रवाह गरिरहेको छ ।

तर पछिल्लो समय टेलिकम्युनकेसन क्षेत्रमा आएको उतारचढावमा राष्ट्रकै दूरसञ्चार नेपाल टेलिकमको अवस्था भने खस्कँदो छ । टेलिकम्युनिकेसनमा निजी क्षेत्रहरुको प्रवेशसँगै सर्वसाधारण जनताले उच्चतम् सेवा सुविधा पाए पनि नेपाल टेलिकमको प्रतिस्पर्धा भने कमजोर देखिएको हो । यसै सन्दर्भमा टेलिकमको समग्र अवस्था र भावी रणनीतिका बारेमा हालसालै मात्र नेपाल टेलिकमको प्रवन्धनिर्देशक बनेका डिल्ली राम अधिकारीसँग रातोपाटीका लागि प्रयास श्रेष्ठले गरेका विशेष कुराकानी :

तपाईंले नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) जस्तो महत्त्वपूर्ण पद सम्हाल्नुभएको छ । कस्तो अनुभूति भइरहेको छ । यस संस्थालाई कसरी नियाली रहनुभएको छ ?

अवश्य पनि अहिले म नेपाल टेलिकम जस्तो राष्ट्रकै दूरसञ्चार कम्पनीको प्रवन्ध निर्देशकको जिम्मेवारीमा छु । तर भर्खरै मात्र टेलिकमको कार्यभार संहालेको भने होइन । योभन्दा अघि पनि विभिन्न सेक्टर, डिभिजन र डिपार्टमा रहेर काम गरिसकेको छु ।

वि.सं. २०५९ मा टेलिकम इन्जिनिरका रूपमा नेपाल टेलिकम प्रवेश गरँे । त्यसपछि लिखित, मौखिक परीक्षा उत्तीर्ण हुँदै यस संस्थाको विभिन्न पदमा रहेर काम गर्दै आएँ । दुई वर्षअघि मात्र खुला प्रतिस्पर्धाबाटै टेलिकमको १०औँ पदमा रहेर काम गरेँ । अहिले प्रमुख जिम्मेवारीको पदमा छु । काम गर्दा सहजता असहजता भन्ने कुरा त भइ नै हाल्छन् तर मैले चुनौतीलाई पनि अवसर देखेको छु ।

सामान्य कर्मचारी हुनु र जिम्मेवार व्यक्ति हुनु फरक कुरा रहेछ । पहिले पहिले म एमडी जस्तो पद भन्थेँ । सबैभन्दा माथिको पद भनेको एमडी नै हो जस्तो लाग्थ्यो । तर त्यो बुझाइ गलत रहेछ । वास्तविकता त एमडी वा जिम्मेवार पद त सबैभन्दा तल पो हुने रहेछ । अहिले म त्यो अनुभव गर्दै छु । जिम्मेवार व्यक्ति वा पद त उल्टो पिरामिड जस्तो हुने रहेछ, जहाँ जिम्मेवारी बोध गर्नुपर्ने र थिचिनुपर्ने रहेछ । यो अन्तर्राष्ट्रिय सङ्घ सङ्गठन तथा कम्पनी सञ्चालकको नियम पनि हो ।

प्रकाशित मिति: : 2019-07-11 10:01:39

प्रतिकृया दिनुहोस्