विषादी प्रकरण चलिरहँदा के पाक्दै थियो बालुवाटारमा?

विषादी प्रकरण चलिरहँदा के पाक्दै थियो बालुवाटारमा?

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आन्तरिक द्वन्द्व ‘तरकारी विषादी प्रकरण’ मार्फत् ‘क्लाईमेक्स’मा पुगेको छ।

भारतबाट आउने तरकारीको विषादी परीक्षणपछि मात्रै नेपाल प्रवेश गराउने सरकारी निर्णयमा अध्यक्ष दाहालले ‘खेल’ खेलेर सरकारलाई विवादमा पारेको बालुवाटारको बुझाई छ।

बालुवाटार स्रोतकाअनुसार दाहालले विषादी प्रकरणमा खेलेको ठहर भएरै ‘छौडा प्रकरण’ निस्केको हो। आफू निकट पूर्वमाओवादीका मन्त्रीलाई प्रयोग गरेर दाहालले ओली नेतृत्वको सरकारलाई ‘अलोकप्रिय’ बनाउन खोजेको प्रधानमन्त्रीनिकट ‘सर्कल’ले बुझेको छ।

गत जेठ १० गते मन्त्रिपरिषदबाट निर्णय भई असार २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतबाट आयातित तरकारीलाई विषादी परीक्षणको प्रक्रियामा हालिएको हो। सीमामा सयौं तरकारीका ट्रक रोकिएपछि भारतमा यसबारे मिश्रित प्रतिक्रिया आएको थियो। केही भारतीय मिडियाले यसको प्रशंसा गरे भने राजनीतिक लविङबाट लोकसभामा समेत यसबारे कुरा उठाइएको थियो।

प्रकाशित मिति: : 2019-07-09 04:56:39

प्रतिकृया दिनुहोस्