
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
अन्नपूर्ण पोष्ट
तप्–तप् वर्षाको पानी छतबाट एकोहोरो चुहिरहेको छ। कोठाहरूका पर्खालसमेत चिरा–चिरामा विभक्त छन्। भग्नावशेष भवनको संरचना कतिखेर ढल्छ त्यसको ठेगान छैन। भुइँमा इँटा र काठ छरपस्ट छन्। बटुकहरू सुत्ने खाट भग्नाशेषको कब्जामा परेझै देखिन्छ। सुत्ने ओछ्यान, ओढ्ने ब्ल्याङ्केट र पढ्ने कापी–किताब सबका सब इँटा र काठले पुरिएको छ। यसै भग्नाशेषमा हराइरहेको छ, नेपालकै सबैभन्दा पुरानो श्री राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीको इतिहास। ३०३ वर्ष पहिले महोत्तरी जिल्लाको मटिहानीमा वि.सं. १७७५ सालमा रामलला दास(तस्मैया बाबा)का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले स्थापना गरेका थिए।
शिक्षा विभागको तथ्याङ्कमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ। शिक्षा सेवा आयोगको प्रश्नमा नेपालको पहिलो विद्यालय कुन हो भनेर २०७२ सालबाट सोध्न थालिएको छ। उत्तरमा राजकीय संस्कृत मावि मटिहानी हो भनेर दिइन्छ। जुन गुरुकुल १५ कट्ठामा फैलिएको छ। राज गुठीअन्तर्गतको लक्ष्मीनारायण मठका मान महन्थ थिए तस्मैया बाबा। हालै गुरुकुलको एउटा जीर्ण कोठाको छत खसेको छ। जुन १२० वर्ष पहिले निर्माण गरिएको थियो। विद्यार्थी कक्षामा पढिरहेको बेला छात्रावास कोठाको छत खसेको थियो। मानवीय क्षति हुनबाट जोगियो।
१८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको थियो। १९१० सालमा जंगबहादुर रानाले दरबार हाईस्कुल खोलेका थिए। उनले खोलेका विद्यालयलाई नै अहिलेसम्म नेपालको सबैभन्दा पुरानो स्कुल भनेर भनिन्छ। दरबार हाईस्कुलको नामनिशान नहुँदै मटिहानी–७ मा लक्ष्मीनारायण मठबाट संस्कृत गुरुकुल सञ्चालन गरिएको थियो। गुरुकुलको भौतिक संरचना जति जीर्ण छ त्योभन्दा अब्बल यसको इतिहास छ तर राज्यको नजरमा कोसो टाढा छ। पुरातात्त्विक विभागको अध्ययन, अनुसन्धान तथा खोजमा यो देशकै जेठो गुरुकुल अटाउन सकेको छैन। धमिराले दस्तावेज सखाप पारिसकेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया