फेसबुकमा साथी बनाएर बलात्कार, घाइते अवस्थामा उद्धार

दलित युवतीमाथि बलात्कारमा संलग्न संगम राई।

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-१ मेचेडाँडामा एक दलित युवतीमाथि बलात्कार भएको छ।फेसबुकमा साथी बनाएको आधारमा चिनजान गर्दै केही समयदेखि संगत बढाएका २१ वर्षीय संगम राईले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

'फेसबुकका साथी रहेका दुवै जनाबीच सामान्य कुराकानी पनि हुँदो रहेछ,' उनले भने, 'फेसबुकमार्फत नै मोबाइल नम्बर समेत आदानप्रदान गरेको पाइयो।' मोबाइल नम्बरकै आधारमा पिछा गर्दै गएका राईले खेतिको काम गरेर घर फर्कदै गरेको अवस्थामा २१ वर्षीय युवतीमाथि बलात्कार गरेको श्रेष्ठले बताए। 

प्रहरीका अनुसार इलामको चुलाचुली-६ घर भएका राई मोरङको उर्लाबारीमै आफन्तको घरमा बस्दै आएका थिए। युवतीमाथि शुक्रबार राति ९ बजे बलात्कार भएको श्रेष्ठले बताए। उनका अनुसार बलात्कार गरेर घाइते बनाएर छाडेको अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। 

प्रकाशित मिति: : 2019-07-08 07:17:10

प्रतिकृया दिनुहोस्