सक्सेस लवस्टाेरी

सलमान खानले टुटाउन नसकेको ऐश्वर्या राय र अभिषेक बच्चनको त्याे प्रेम

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन बलिउडमा निकै रुचाइएका जोडीमध्ये एक हुन्। आफ्नो निजी जीवनलाई लिएर चर्चामा आएकी ऐश्वर्याले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन्। 

अभिषेक र ऐश्वर्या विवाहअघि धेरै वर्षसम्म साथी थिए। अभिषेकसँग रिलेसनसिपमा आउनुअघि ऐश्वर्या राय सलमान खान र विवेक ओबरायलाई लिएर चर्चामा थिइन्। 

प्रेम सम्बन्धको कारण धेरै दुख भोगेकी उनी आफ्नो जीवनलाई लिएर निकै निराश भइन्। त्यहीक्रममा अभिषेक बच्चन ऐश्वर्या रायको जीवनमा आए। उनीहरूबीच यसरी प्रेम सुरू भएकाे थियाे कि त्याे प्रेम अहिलेसम्म नै कायम छ। 

अभिषेक र ऐश्वर्याकाे प्रेम कथा

सन् २००० मा ऐश्वर्या राय र सलमान खानको सम्बन्धको खबर मीडियामा छाइरहेकाे थियाे। यसै क्रममा ऐश्वर्या राय र अभिषेक बच्चनले एकसाथ 'ढाइ अखर प्रेम' नाम फिल्ममा काम गरेका थिए। त्यही फिल्मबाट उनीहरू राम्राे साथी बने। 

यसपछि सन् २० देखि २००५ सम्म सलमान खानपछि विवेक ओबरायसँगको सम्बन्धलाई लिएर पनि ऐश्वर्या चर्चामा थिइन्। सन् २००३ मा अभिषेक बच्चन र ऐश्वर्या रायले रोहन सिप्पीको फिल्म 'कुछ ना कहो' मा पनि सँगै काम गरे।

यस क्रममा दुवैको मित्रता प्रगाढ भयो। यो त्यो समय थियो जब सलमानसँग ब्रेकअप पछि ऐश्वर्या राय विवेक ओबेरॉयसँग सम्बन्धमा थिइन्। यसैबीच विवेक ओबेरॉयले पत्रकार सम्मेलन गरेर सलमान खानमाथि गम्भीर आरोप लगाए। यसपछि विवेकसँग ऐश्वर्या रायको सम्बन्ध पनि टुट्याे।

'कुछ ना कहो' को सुटिङको क्रममा अभिषेक बच्चन र ऐश्वर्या रायको मित्रता प्रगाढ बनेको थियो। यसपछि सन् २००५ मा दुवैले सँगै उमराव जान पनि गरेका थिए। केही समय सम्बन्धमा रहेपछि अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखे। र, यो जोडीले २० अप्रिल २००७ मा विवाह गरेका थिए। 

सलमान खान र विवेक ओबरायसँग प्रेम 

सलमान खान र ऐश्वर्या रायको सम्बन्ध अहिले पनि चर्चामा छ। दुबैको प्रेम कहानी निकै लोकप्रिय भएको छ। सन् १९९७ मा सुरु भएको ऐश्वर्या राय र सलमान खानको प्रेम कहानी लामो समय टिक्न सकेन र यी दुईबीच विवाद भयो। 

मानिसहरूले लामो समयसम्म यी दुईबीचको विवादका समाचार पढ्न पाइरहेका थिए। यसपछि दुवैले आ–आफ्नो तरिकाबाट छुट्टिए।

सलमान खानसँग ब्रेकअप भएपछि विवेक ओबरायसँग ऐश्वर्या रायको निकटता बढ्न थाल्यो। तर सलमान खानकाे कारणा उनीहरू सम्बन्ध पनि धेरै टिक्न सकेन। र, अन्तत: उनीहरूले एकअर्काेसँग छुट्टिने निर्णय गरे। 

सलमान र विवेकसँग लामाे समय प्रेम सम्बन्धमा रहेर चर्चामा रहेकी ऐश्वर्या दुबैसँग ब्रेकअप लिएपछि अभिषेकसँग नयाँ जीवन सुरू गरिन्। तर त्याे सम्बन्ध भने सलमान टुटाउन सकेनन्। अहिले एकअर्काेसँग खुसी छन् बच्चन दम्पत्ति र उनीहरूकाे एक छाेरी पनि छिन्। 

प्रकाशित मिति: : 2023-12-04 19:20:00

प्रतिकृया दिनुहोस्