जङ्गबहादुर विक
यहाँ सातवटै प्रदेश अछुतै अछुतका हुन,
तर ७७ जिल्ला अछुतका बास पो छन।।
हो ७५३ मा फैलिएका छन यहाँ अछुत,
म मान्छे अछुत भन्ने दानवरुपि हुँ भूत।।
हो त काटे रगत आउँछ, रोए आँसु आउँछ,
तर छुतै छुत बस्ने सुन्दर गाउँ कहाँ पो छ।।
यहाँ कुकुरलाई छुत भन्ने मानवलाई अछुत,
आयो कहाबाट बास गर्याे राक्षसरुपि भूत।।
नेपालभरि अछुतै अछुत भयो ७६४३ मा,
नदी-नाला अछुत भए पानी खान्छौ कहाँ।।
झुप्रा नै अछुत भए मान्छेहरु सबै भए डुम,
दलित मिली हुनु नै पर्ने भो एक लालडुम।।
दलितका भोट थाप्ने बाकस अछुत भएनन्,
दलितका जवानी छोरीहरु अछुत नै रहेनन्।।
दलितको अमूल्य सीप छुतै छुत छ पो यहाँ,
झण्डै ६० लाख दलित छुत भएर बस्ने कहाँ।।
(रुकुम (पश्चिम) घर भएका लेखक हाल स्थायी नि.मा.वि शिक्षककाे रुपमा भाेजपुरमा कार्यरत छन्।)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया