जङ्गबहादुर विक
यहाँ सातवटै प्रदेश अछुतै अछुतका हुन,
तर ७७ जिल्ला अछुतका बास पो छन।।
हो ७५३ मा फैलिएका छन यहाँ अछुत,
म मान्छे अछुत भन्ने दानवरुपि हुँ भूत।।
हो त काटे रगत आउँछ, रोए आँसु आउँछ,
तर छुतै छुत बस्ने सुन्दर गाउँ कहाँ पो छ।।
यहाँ कुकुरलाई छुत भन्ने मानवलाई अछुत,
आयो कहाबाट बास गर्याे राक्षसरुपि भूत।।
नेपालभरि अछुतै अछुत भयो ७६४३ मा,
नदी-नाला अछुत भए पानी खान्छौ कहाँ।।
झुप्रा नै अछुत भए मान्छेहरु सबै भए डुम,
दलित मिली हुनु नै पर्ने भो एक लालडुम।।
दलितका भोट थाप्ने बाकस अछुत भएनन्,
दलितका जवानी छोरीहरु अछुत नै रहेनन्।।
दलितको अमूल्य सीप छुतै छुत छ पो यहाँ,
झण्डै ६० लाख दलित छुत भएर बस्ने कहाँ।।
(रुकुम (पश्चिम) घर भएका लेखक हाल स्थायी नि.मा.वि शिक्षककाे रुपमा भाेजपुरमा कार्यरत छन्।)
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया