'अब नेपाल धेरै वर्ष गरिब रहन सक्दैन'

बाह्रखरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल धेरै वर्ष गरिब रहन नसक्ने बताएका छन् । शनिबार परराष्ट्र नीति राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले १८ प्रतिशत  गरिबिलाई केही वर्षभित्रै अन्त्य गर्ने बताए । 

“हामीले गरिबिविरूद्धको प्रहार तिव्र बनाएका छौं । धनी र गरिबबीचको ग्यापको कुरा होइन । हामीले समाजलाई आधारभुत आवश्यकता खानालाउन पुग्य‍ो भने अलिकतिको ग्यापले केही फरक पार्दैन । यद्यपि ग्याप राम्रो कुरा होइन ।”

उनले अनुदानमा आश गर्नु आवश्यक नरहेको भन्दै ऋण कसैका लागि पनि उचित नभएको बताए । उनले सरकार लगानी आकर्षण गर्ने प्रयासमा रहेको र त्यसका लागि वातावरण बनेको बताए । 
 
“राजनीतिक कुटनैतिक मात्र छैन । यसअघि आर्थिक कुटनीति आवश्यक छ । तर हामी हेपिन चाहादैनौं । हाम्रो मुलुकका लागि कोही एक्स्ट्र डिप्लोमेटिक नहोस् भन्ने चाहान्छौं । कोही राष्ट्र संयुक्त राष्ट्र संघको बडापत्रको पालना गर्ने र गराउने कुरामा प्रतिबद्ध छौं,” उनले अगाडि भने, “ कुटनीतिका विविध प्रकारहरु छन् । जस्तो राजनीतिक कुटनीति, खेल कुटनीति मौसम कुटनीति, व्यापार कुटनीति छ । यहाँ बलिया राष्ट्रहरु छन् । हामी बलिया र साना सबैसँग स्वस्थ्य कुटनीति होस् । हम्रो छिमेक सम्बन्ध एकदम सन्तुलित बनेको छ । इपीजीको प्रतिवेदन बुझ्ने वातावरण चाँडै बन्ने छ । यसका लागि काम भइरहेको छ ।”

प्रकाशित मिति: : 2019-06-29 12:55:11

प्रतिकृया दिनुहोस्