नेपाली कनेक्सन

यात्रा संस्मरण: आँखामा प्यिंऊल्वीन्, सम्झनामा माण्डले

रीतु पौडेल

म्यान्मार
Breaknlinks
Breaknlinks

माण्डलेको बिहानी यात्रा। ओरालीको दौड। अनि प्यिंऊल्वीन् छाड्ने हामीहरूको त्यो हतारो। पुग्नु थियो– म्यान्मारको दोस्रो ठूलो सहर। अनि मेट्नु थियो– बसन्तको थकान। 

यात्रा साच्चिकै रमाइलो लाग्छ। नयाँ स्थान। बेग्लै परिवेश। अझ् भनौं– गोर्खाली अर्थात् नेपालीकाे साथ। त्योपनि मन मिल्ने साथीभाइ र गुरुआमा–बा। जताततै घुम्न पाइयोस्, ज्ञानै–ज्ञान प्राप्त होस्। 

र, लामो सर–सल्लाहपछि यसपालि माण्डले पुग्ने निधो गर्‍यौं। प्यिंऊल्वीन् शाखा शिक्षा परिषद्ले हाम्रो यात्राको संयोजन गर्‍यो। म्यान्मार समुन्द्रदेखि पहाडसम्म रहरलाग्दो छ। त्यसमा माण्डले शहर झन् सुन्दर छ। ६ घुम्ती पार गर्दै माण्डले पुग्दा झन् आनन्द महसुस भयाे।

म कैयौंपटक पुगेकी छु, माण्डले। तर नेपाली साथी र गुरुआमा–बासँग भने पहिलोपटक हो। यो एउटा सहर मात्रै होइन, कथा पनि हो। गोर्खालीहरूको गर्वलाग्दो इतिहास छ।

०००

अनि हतार–हतार गाडीभित्र छिर्‍यौं। एकछत्र सडक कब्जा गरेर हुइकियो– यात्रुगाडी। लगतै रमाउन थाल्यौं, हामी। गाडीभित्र बजिरहे अनेकौं नेपाली गीत। झन्–झन् रमाइलोमा डुब्यौं। गाडी सरर... घुम्तीमा घुमिरह्यो। सँगसँगै गफगाफमा भुल्यौं। 

माण्डले राम्रो छ। फेरि भन्छु– निकै राम्रो छ। पर्यटकीय पनि उतिकै सुन्दर छन्। स्थलहरू घुम्नेबारे योजना बुनिरह्यौं, गाडीभित्र। माण्डले छिरेपछि प्रसिद्ध बुद्ध मन्दिर (फयाजी) पुग्यौं। बाह... फयाजी क्या गजब। हामीहरू पनि दर्शनमा लाग्यौं। 

बर्मेली जनता विश्वास गर्छन्– आफूले सोचे–तोकेको सबै कुरा पूर्ण हुन्छन्। एकैछिन भएपनि आस्थाको केन्द्रमा रमाएर फर्कियौं। त्यहाँ निकै भीडभाड थियो। औंशी पूर्णिमाका दिन झन् घुँइचो हुन्छ। पहिलोपटक गुरुआमा–बासँगै जान पाउँदा धेरै रमाइलो महसुस भयो। फयाजी बुद्ध मन्दिरमा भगवानको दर्शन गर्न आउँछन्, अनेकौं विदेशी तथा आन्तरिक पर्यटक। चारैतिर शान्त। जताततै रमाइरहेका भेटिन्छन्, दर्शन–यात्री।

०००

मन्दिरको दर्शनपछि नेपाली नाम गरेको नेपाली होटलमा पुगेर नेपाली खाना खायौँ। खाना खाइसकेपछि माण्डले सिटी पार्कमा सबैजना पुगेर रमार्‍यौं। चारैतिर हिँड्डुल गर्‍यौं। केटाकेटीजस्तै बनेर झण्डै १५ मिनेट पार्कमै रमायाैं।

र, फेरि हाम्रो यात्रा फेरि सुरू भयो। उक्लिरह्यौं– एक घण्टामाथि। झण्डै पाँच माइल भन्ने वाटर पुलमा। त्यतिबेला साँझको ४ बजिसकेको थियो। वाटर पुलमा पुगेपछि टन्नै पानी खेल्यौं। नेपाली गाना बजाउँदै नाच्यौं। माया साटासाट गर्‍यौं। वाटर पुलकाे पानी निकै ताताे थियाे, सायद घाम तातिएर हाेला!

प्यिंऊल्वीन्बाट माण्डले पुगेको हाम्रो समूह ६ बजेतिर पानीबाट निस्केर एकठाउँमा जम्मा भयो। लुगा चेन्ज गरेर पुनः घरतिर लाग्यौँ। बाटाेमा गीत गाँउदै। रमाइला मीठा कुरा गर्दै निरन्तर हिँडिरह्यौं।

गाडी चलाकका रुपमा राजन ढकाल (गुरुजी) र छेउमा शिवबहादुर भट्टराई पनि हुनुहुन्थ्यो। अनि गाडीको पछाडिपट्टी सुनिल कार्की (गुरुजी), घनश्याम गौतम, विजया पाण्डे, सागर पोखरेल, तुलसी कँवर (गुरुआमा), सीमा आचार्य, भारती अधिकारी, मीरा भट्टराई, इन्दिरा दाहाल, सुमन पोखरेल र म रीतु पौडेल बसिरहेका थियौं। 

०००

घर फर्किदै गर्दा ठुल्ठूलो स्वरमा कराइरहेका थियौं। गीत गाउँदै कुदिरह्यौं। खुब् हो–हल्ला भइरहेको थियो। मीठा कुरा गफिरहेका थियौं। बोलिरहेका थियौं। एक्कासी गाडी घचक्क रोकियो! ला... के भयो छेउतिरको साथीले भनिन्। बाहिर हेर्दा गेटमा एउटा सिपाही थियो। ऊ धेरै रिसायो। ऊ रक्सीले मातिएको थियो। साँझ झमक्क परेको थियो। 

सिपाहीको हातमा बन्दुक थियो। हाम्रो गीत सुनेर उसलाई रिस उठेछ। रमाएको देखेर डाहा भएछ। ऊ बोलाउन थाल्यो। तथानाम खोक्न थाल्यो। र, उसले आक्रोसित हुँदै भन्यो– अर्को दफा गीत नगाउनु नत्र गोली ठोक्दिन्छु। सिपाहीले हामीलाई बन्दुक देखाएर तर्सायो। हामी केही बोलेनौँ। तर ऊ बोलिरह्यौं।

अगाडिबाट शिवबदादुर ओर्लिनुभयो। अनि सम्झाउनुभयो। चुपचापसँग त्यहाँबाट हिँड्यौ। तर रोकिएन हाम्रो हाँस्ने–गाउने क्रम। अँह... रोकिएन। घडीमा ठ्याक्कै साँझको ७ बजे बजिसकेको थियो। यात्रा जारी रह्यो, रमाइलो उस्तै।

०००

हिँड्दा–हिँड्दै थकानसँगै खुब् भोक लाग्यो। बाटो–छेउमा गाडी रोकेर लफेताै खायौं। भोकको झोकमा आफ्नो भेट भर्‍यौं। तर गाडीको भोक भने मेटिएकै रहेनछ। गाडीमा तेल भने हाल्नै भुले छाैं। सुनसान बन्दै थिए, सडक। तीव्र गतिमा चलिरहेको थियो, गाडी। अनवरत रुपमा रमाइरहेका थियौं– हामी। 

सिरसिरे हावा। सडकमा दौडिरहेका गाडी–मोटर। अनि झिलिमिलि बत्तीहरू। चारैतिर रहरलाग्दो दृश्य। यात्रा लगभग समाप्त भयो। प्यिंऊल्वीन् फर्किएर सबैजनाले खाना खायौं। र आ–आफ्नो घरमा लाग्यौं।

म रातिको ९ बजे घर पुगेँ। त्यसपछि आराम गरेँ। अनि देखेँ सपना– प्यिंऊल्वीन्ले आँखामै, माण्डले सम्झनामा। अहाे! यात्रा साच्चिकै रमाइलो भयाे। सम्झना सबैमा।

प्रकाशित मिति: : 2022-06-17 22:15:00

प्रतिकृया दिनुहोस्

    Aho ! Kasto gazabako yatra ani mitho article! Ramaailo lagyo school and college life yad dilayo many congratulations Ritu bahini, keep it up.

    • एक बर्ष अगाडि
    • Janu kambang limbu