
पुरण क्षेत्री
म सोच्छु
मान्छेहरुजस्तै
सपनाहरु स्खलित हुन्छन् या हुँदैनन्
सपनाहरुको उभारमात्र हुन्छ-कि
उतार पनि?
उन्मुक्त आकाशमा
बेगिइरहेका सपनाहरु
कहिलेकाहीँ दुर्घटनामा पर्छन् या पर्दैनन्?
एक समय म
मान्छेहरुजस्तै
हजारौँ हजार सपना जन्माउँथे
सपनाहरुमाथिको नियोजन
बर्बर सम्झन्थे म
ए मित्र, के यो भूल थियो र?
म अझै सोच्छु
हामी सबैले फेरी एकपटक
लाखौँलाख सपना गर्भाधारण गरौँ
र हामी अमेरिका रुसजस्तै
सपनाहरुसँगै मंगल ग्रहमा
एकछिन थकाई मार्न पुगौँ
भोकग्रस्त पेटहरुमा
सपनाहरुको दाना बोकेर पुगौँ
यसो भन्दा
कसैको लागि यी सपना
अप्रिय लाग्न सक्छन्
तर ए मित्र!
निराशाका अजङ्ग पहाडले
यी सपना स्खलित हुने छैनन्
यसर्थ
हजार निराशामा पनि
सपनाहरु जन्मिरहेकै छन्, जन्मिरहनेछन्
जबसम्म हामी र हाम्रो माटो
निस्फिक्री मुस्कुराउनेछैन
सपनाहरु बेरोकतोक बेग मारिरहेछन्
सपनाहरुको हत्या किमार्थ हुनेछैन
हामी सपनाको पहरेदारी गर्नेछौ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया