पुरण क्षेत्री
म सोच्छु
मान्छेहरुजस्तै
सपनाहरु स्खलित हुन्छन् या हुँदैनन्
सपनाहरुको उभारमात्र हुन्छ-कि
उतार पनि?
उन्मुक्त आकाशमा
बेगिइरहेका सपनाहरु
कहिलेकाहीँ दुर्घटनामा पर्छन् या पर्दैनन्?
एक समय म
मान्छेहरुजस्तै
हजारौँ हजार सपना जन्माउँथे
सपनाहरुमाथिको नियोजन
बर्बर सम्झन्थे म
ए मित्र, के यो भूल थियो र?
म अझै सोच्छु
हामी सबैले फेरी एकपटक
लाखौँलाख सपना गर्भाधारण गरौँ
र हामी अमेरिका रुसजस्तै
सपनाहरुसँगै मंगल ग्रहमा
एकछिन थकाई मार्न पुगौँ
भोकग्रस्त पेटहरुमा
सपनाहरुको दाना बोकेर पुगौँ
यसो भन्दा
कसैको लागि यी सपना
अप्रिय लाग्न सक्छन्
तर ए मित्र!
निराशाका अजङ्ग पहाडले
यी सपना स्खलित हुने छैनन्
यसर्थ
हजार निराशामा पनि
सपनाहरु जन्मिरहेकै छन्, जन्मिरहनेछन्
जबसम्म हामी र हाम्रो माटो
निस्फिक्री मुस्कुराउनेछैन
सपनाहरु बेरोकतोक बेग मारिरहेछन्
सपनाहरुको हत्या किमार्थ हुनेछैन
हामी सपनाको पहरेदारी गर्नेछौ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया