मङ्गलबार, १२ अगस्ट २०२५

अरुण चौधरी र अजितनारायण सिंह ग्राण्डी अस्पतालमा रिफर

News Image
• • •

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा रिफर गरिएको छ।

बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी गएराति महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका थिए। चौधरीलाई चिरायुले रिफर गरेपछि ग्रान्डीमा लगिएकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जनाएकाे छ।

यसैगरी साेही प्रकरणमा पक्राउ परेका छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि ग्राण्डीमा रिफर गरिएको छ। उनी चौधरीसँगै चिरायुमा भर्ना भएका थिए। थापालाई पनि अस्पतालले ग्राण्डीमा रिफर गरेको हाे।

बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा (सिआईबी) को टोलीले बिहीबार चौधरीलाई लैनचौर र थापालाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!