रंगेलीको सय बर्ष पुरानो ऐतिहासिक घरहरु भत्काउँदै स्थानीय सरकार

बिएल

रंगेली नगरपालिकाले सडक विस्तार कार्य सुरु गरेपछि रंगेलीमा रहेको सय वर्ष पुरानो संरचना भत्किन थालेको छ।

रंगेली बजारको मुख्य हुलाकी राजमार्गको सडक बिस्तार गर्न हुलाकी राजमार्ग निर्देशनालयले रंगेली नगरपालिका भित्र रहेको संरचना हटाउन पत्राचार गरेको थियो।

डिभिजन सडक कार्यालय बिराटनगरले गत वर्षदेखि नै सडक ऐन वमोजिम सडक सीमा निर्धारण गरि बिराटनगर–रंगेली–उर्लाबारी क्षेत्रको सहायक मार्गको रुपमा सडक फराकिलो पार्न निर्दैशन दिएको थियो।

याे पनि:  यसरी भएको थियो, ब्रिटिश–भारतमा गोर्खा भर्ती 

तत्कालीन श्री ५ सरकारले २०३४ साल असार २० गते बिराटनगर–रंगेली–झापा सडकलाई सहायक मार्गको रुपमा वर्गीकरण गरेर दायाँ र बायाँ १५–१५ मिटर सडक सीमा तोकेको थियो।

सडक बनाउँन नहुने भन्दैै केही स्थानीयले अदालतमा मुद्दा हाल्दा अदालतले सडक निर्माण सुरु गर्ने भनि परिपत्र नगरपालिकालाई पठाएपछि नगरपालिकाले घर टहरा हटाउन निर्देशन दिएको मेयर दीलिप बगडियाले बीएल नेपाली सेवालाई बताए।

प्रकाशित मिति: : 2019-09-07 17:49:27

प्रतिकृया दिनुहोस्