
राधा कार्की
थला परेपछि
रोगको मात्रा ह्वात्तै बढेको छ
दायाँ–बायाँ फर्कनै दिँदैन
यो पीडाको उचाइ कति छ
कति होला गहिराइ
बेगिन्ती छन्– जुनेलीका पीडाहरू!
मौन देखिन्छे ऊ
मौनताभन्दा पनि मौन
शीतल होस् या आगोको लप्का
फाटेको कम्मल होस् या झुत्रे गम्छा
ऊ गुटुमुटु हुन चाहन्छे त्यसमै।
अछुत छे ऊ, बिलकुल अछुत
यो सहरका सम्भ्रान्त परिवेशहरूबाट
जहाँ प्रकृति हाँसेर
पवन नाचेको देख्नै पाइँदैन
अङ्कुरमै निमोठिन्छन्
मनमा बग्रेल्ती रहर बोकेर
फक्रन चाहने केत्तुके र भुइँथुँगाहरू!
सयौँ पटक सुनिए छेपाराका कथा
शकुनि र दुःशासनका कुरा
कति गाँसौँ सडकसँग मितेरी
भत्कँदै छन् सपनाका घरहरू एक–एक गरी!
शकुनि पासा पल्टिएर
वर्षौं वर्षदेखि
सेकिरहेछ भुइँमान्छेहरूको ढाड
निरन्तर दोहोरिइरहेछ
उही भँडारेको रजाइँ
उही तोरीफूले गाउँको कथा!
उही अस्वस्थ प्रतिस्पर्धा
ठिक यो घडी
शान्त नदीभित्र बसेर
जुनेली कल्पना गरिरहिछे
आँधीअघिको एउटा भयानक सन्नाटा!
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया