बंगलादेश युद्धदेखि गोर्खाल्याण्ड आन्दोलनसम्म

मजिबर रहमान महिला कलेजको त्यो रक्तरञ्जित इतिहास       

फोटो – एजेन्सीको सहयोगमा
फोटो – एजेन्सीको सहयोगमा

मैले भाग-१ र २ मा वर्णन गरिसकेको छु। नागाल्याण्डमा गोर्खा पल्टनमा आबद्ध हुँदा सुवास घिसिङलाई एक नागाले भनेका रहेछन्, ‘अरूको लागि किन लड्छौँ,आफ्नो माटोको लागि लड्न।’

नागाको यही कुरा सुनेर घिसिङलाई पहिलो पल्टनेबाट वितृष्णा जागेको थियो र आफ्नो पल्टनबाट नाम काटे। 

उनले दार्जीलिङ फर्केपछि उपन्यास लेखे। तीमध्ये ‘लंखुम क्याम्प’ र ’मने’-को कथावस्तु सक्षेंपमा मैले भाग-२ मा लेखिसकेको छु।

यतिबेला सुवास धिसिङको मस्तिष्कमा एउटा कुरा सलबलाइ रहेको थियो–गोर्खाको लास गाँड्न माटो चाहिन्छ भन्ने । तर माटोकै लागि आन्दोलन गर्छु भन्ने सूत्र उनले भेटिरहेका थिएनन्।

मैले सुनेको थिए– ‘गोर्खाका लागि माटो चाहिन्छ भनेर उनले दार्जीलिङका मित्रादिसँग भनेका थिए रे।’ आन्दोलन गर्छु भन्ने कुरा यतिबेलासम्म चलेको थिएन।

सन् १९७१ मा पूर्व पाकिस्तानमा बसोबास गर्ने बंगाली मुसलमानले पश्चिम पाकिस्तानबाट मुक्तिका लागि बगावत सुरु गरे। 



गोर्खाल्याण्डको मागमा युवाको जीवनोत्सर्ग

गोर्खाको लाश गाड्ने माटोको खोजीमा 'मने' उपन्यास



बगावतका नायक थिए, बंगाली मुसलमानका मार्गदर्शक नेता शेख मजिबर रहमान। यसका लागि बंगाली मुसलमानले ‘मुक्ति बाहिनी’ (मुक्ति जोद्धा) खडा गरे। यो बाहिनीमा पुरुष मात्र सहभागी थिएनन्, महिला पनि सहभागी भए। महिलामा पनि धेरै जसो युवती थिए, जसले मुक्तिका लागि अस्त्र चलाउने प्रशिक्षण लिए।

बंगालीहरुको मुक्ति आन्दोलनलाई दबाउन पाकिस्तानले थुप्रै सेना उतार्यो। त्यतिबेलाको बंगलादेश पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारत र पाकिस्तान निर्माण भएको थियो। जसमा हालको बंगलादेश पाकिस्तानको भूभागमा परेको थियो।

पाकिस्तानले आन्दोलन दबाउन ‘रजाकर’ भन्ने संगठन नै पठायो। फलस्वरूप लाखौँको संख्यामा पश्चिम पाकिस्तानी सैनिक तथा रजाकरहरू बंगलादेश पुगे। उनीहरुले मिलेर बंगाली मुसलीम (धेरै संख्यामा हिन्दू) युवतीको बलात्कार गरे। कति बलात्कारपछि मारिए। सामान्य मानिस पनि काटिए।

पाकिस्तानी सेनाको अमानुसिक, अत्याचार र हत्याको सिलसिलाबाट जोगिन लाखौँको संख्यामा बगाली मुसलमान भारततर्फ पलायन भए। उनीहरु भारतका विभिन्न राज्य, विशेष गरेर त्रिपुरा,असम र पश्चिम बंगालमा शरणार्थीको जीवन बिताउन बाध्य भए। 

सन् १९७१ मा पलायनको प्रक्रिया अविरल र निर्बाध गतिमा भइरह्यो। यसैकारण पलायन रोक्न भारत सरकारले पश्चिम पाकिस्तानसँग युद्ध गर्ने निर्णय गर्यो। त्यसबेला भारतमा इन्दिरा गान्धीको सरकार थियो।



कवि हरिभक्त कटुवालको त्यो निजी डायरी...

टिस्टादेखि सतलजसम्म अनि स्कटल्याण्ड अफ द इष्ट



इन्दिरा सरकारले बंगलादेशीहरुको पलायनले कालान्तरमा समस्या उत्पन्न गराउँछ भन्ने सोचेर युद्धकै लागि भारतीय सेनालाई पूर्व पाकिस्तानको सीमामा पठाउने निर्णय गर्‍याे।

यसै क्रममा स्तम्भकार पनि आफ्नो पल्टन 2/5 GR सँग पूर्व पाकिस्तानको सीमामा खटिएको थियो। यतिबेला म केरलाको राजधानी त्रिवेन्द्रममा थिए। हाम्रो पल्टन त्रिवेन्द्रममा थियो।

सन् १९७१ को ३–१६ डिसम्बरसम्म भारतीय सेनाले पूर्वी पाकिस्तानभित्र पसेर पाकिस्तानी सेनासँग लडाई गर्यो। भारतीय सेनाको जय भयो। १६ डिसेम्बरमा दुवै राष्ट्रले युद्धविरामको घोषणा गरे।

यो युद्धलाई भारत सरकारले ‘अपरेशन क्याक्टस लिली’को नाम दिएको थियो। युद्ध समाप्त भएपछि पूर्वी पाकिस्तान विश्वको मानचित्रमा ‘बंगलादेश’को नामले उदायो। यसैकारण ‘अपरेशन क्याक्टस लिली’ लाई बंगलादेश वार–१९७१ को नामले पनि चिनिने गरिन्छ।

‘बंगलादेश’ को जन्म हुनुअघि युद्धविराम हुँदा हाम्रो पल्टन बोगरा शहर पुगिसकेको थियो। बोगरा शहरमा हाम्रो पल्टन एक साता बसेको थियो। त्यहीँ बसाइँमा मैले मजिबर रहमान महिला कलेज, बोगराको लाइब्रेरीबाट बंगलादेश युद्धको सम्झनामा एउटा पुस्तक लिएर फर्किएको थिए। पुस्तकको फोटो मैले मुनि दिएको मेरो हातमा देखिएको छ। पुस्तक शेक्सपियरको जीवनीमा आधारित छ।

मजिबर रहमान महिला कलेजमा पढ्ने तथा होस्टेलमा बस्ने युवतीहरूलाई आन्दोलनका क्रममा बलात्कार गरेर मारिएको थियो। त्यहीँ कलेजको छेउमा एउटा पानी बग्ने ठूलो नाला थियो। काठको पुल पनि थियो। त्यहीँ पुल तरेर उक्त कलेजमा पुग्नुपर्थ्यो। त्यहीँ नालामा बलात्कार गरेर मारिएका युवतीका लाश थुप्रिएका थिए भनेर मलाई मुक्ति बाहिनीका एक सदस्यले बताएका थिए। जुन नाला धेरै महिनासम्म ती मृत युवतीको रगतले रक्तरञ्जित भएको थियो। 

प्रकाशित मिति: : 2021-02-12 10:38:00

प्रतिकृया दिनुहोस्