प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट हेरेर मात्र स्वदेश फर्कने तयारी

Agency

सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोट आज आउने जनाइएको छ। प्रधानमन्त्रीको सचिवालयले यस्तो जानकारी दिएको हो ।

सचिवालयका अनुसार आजको रिपोर्ट हेरेर चिकित्सकसँगको परामर्शपछि मात्र प्रधानमन्त्री ओली स्वदेश फर्किने टुंगो लगाइने छ ।

प्रधानमन्त्री ओली दोस्रोपटक  भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि पहिलोपटक साउन १८ गतेदेखि सिंगापुरमै उनको उपचार भएको थियो ।

 

प्रकाशित मिति: : 2019-09-05 09:03:24

प्रतिकृया दिनुहोस्