प्रधानमन्त्री अस्वस्थ्य, सरकार मौन!

फाइल फाेटाे। बिएल।

अहिले नेपालमा सबै कुरा गोप्य रुपमा गर्ने चलन बढ्दो छ। सरकारले नै आफूले गर्ने निर्णय गोप्य राख्न थालेपछि यो समस्या बढ्दो छ। जवाफदेहिता भन्दा पनि ओठे जवाफमा देश चल्न थालेको छ।

यसको पछिल्लो उदाहरण हो, सरकारका प्रवक्ता संचार मन्त्रीको प्रायः सबै विषयमा ओठे जवाफ।

जनताले बहुमत दिएर चुनिएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला स्वास्थ्य सुधारका लागि सिंगापुरको एउटा अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन्।

भारतले नेपालमा नाकाबन्दी गरेपछि राष्ट्रियताको प्रतिक बनेका र बहुमतद्धारा सरकार बनाउन सफल प्रधानमन्त्री ओली गम्भीर स्वास्थ्यका कारण विदेश भ्रमणमा रहेको बेला पनि सरकारले दैनिक बुलेटिन निकाल्न सकेको छैन।

सरकार ढल्ने तानाबानाका बीच उल्टै सरकार विभिन्न अड्कलबाजीका समाचार प्रसारण गर्न उद्दत भइरहेको छ।

यही अन्यौलताका बीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको स्थिति बुझन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मंगलबार सिङ्गापुर जाँदैछन्।

उनीहरू प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर जान लागेको खबरको पुष्टी भने पौडेलका स्वकीय सचिव यम पाण्डेले गरेका छन्।

प्रधानमन्त्री ओली उपचारका लागि भदौं ५ देखि सिङ्गापुरमा छन्। उनी सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचारार्थ छन्।

याे पनि हेर्नुहाेस।

जो आफूजस्तै पीडित महिलालाई निःशुल्क गाडी चलाउन सिकाउँछिन् (भिडियाे सहित )

 

प्रकाशित मिति: : 2019-09-02 23:58:25

प्रतिकृया दिनुहोस्