अनेरास्ववियुका पदाधिकारीको पदभार

Agency

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ्ले बिहिबार पदभार ग्रहण गरेका छन्।

बागबजारस्थित कार्यालयमा बिहिबार कार्यक्रम गरी अनेरास्ववियूका इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज विनोढ ढकालले दुबै जनालाई पदभार ग्रहण गराएका थिए।

इन्चार्ज शाक्यले भदौ महिनाभित्र अनेरास्ववियूका सबै कमिटीको एकता गर्ने गरी काम अगाडि बढाइने बताए। अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता भई बनेको अनेरास्ववियुको आजैदेखि कार्यालय सञ्चालनमा आएको छ । कार्यक्रममा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे, रामकुमारी झाक्री, माधव ढुङ्गेल, नविना लामा तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने र रमेश मल्ल सहभागी थिए । एकतापछि अनेरास्ववियूमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको छ । अनेरास्ववियूमा संयोजक र सहसंयोजक चयन गरे पनि अन्य एकताको काम बाँकी नै छ ।

प्रकाशित मिति: : 2019-08-29 22:30:22

प्रतिकृया दिनुहोस्