भारतीय प्रहरी चौकीमा एक युवकको चित्कार–

'मेरी श्रीमतीबाट बचाइदिनुहोस्, नोकरजस्तै व्यवहार गर्छे'

Istockphoto

श्रीमतीबाट गम्भीर रूपमा कुटपिट र अत्याचार भोगेका एक युवकले प्रहरीसँग आफ्नो चित्कार सुनाएका छन्।

भारतको उत्तर–प्रदेश राज्यस्थित महाराजगञ्जको एउटा चौकीमा ती युवकले आफूलाई श्रीमतीले घरभित्र नोकरजस्तै व्यवहार गरेको बताएका छन्। उनले त्यहाँ श्रीमतीविरूद्ध उजुरी पनि दर्ता गरेकाे प्रहरीले जनाएकाे छ।

पटकपटक श्रीमतीबाट कुटिएका उनी चर्को यातना सहन नसकेर अन्ततः प्रहरीकहाँ आएको बताउँछन्।

सिन्धुरिया प्रहरी चौकीका इन्स्पेक्टर रामकृष्ण यादवका अनुसार श्रीमतीले आफूलाई दिनहुँ लाठीले कुट्ने गरेको ती युवकले बताएका छन्। उनले आफूलाई श्रीमतीबाट बचाउन पनि आग्रह गरेका छन्। श्रीमतीले सानातिना कुरामा झगडा फैलाएकाे उजुरीमा उल्लेख छ।

‘सर! मलाई श्रीमतीबाट बचाउनुहोस्। नोकरजस्तै व्यवहार गर्छे। कुटपिट गर्छे। धम्की दिन्छे। बुढी आमालाई पनि सताउछे। बच्चाहरूको हेरचाह गर्दिन्नँ। दिनभर फोनमै कुरा गर्छे,’ चौकी पुगेर युवकले अधिकारीसँग हारगुहार गरेको लाइभहिन्दूस्तानले जनाएको छ।

युवक केही दिनदेखि श्रीमतीबाट अलग्गै बस्दैआएका छन्। श्रीमान–श्रीमतीको तिक्तता र युवकको चित्कार सुनेर प्रहरी पनि अलमलमा परेको छ। उता युवककी श्रीमतीसँग प्रहरीले सम्पर्क गर्दा कुटपिट र अत्याचारको आरोप निराधार भएको बताएकी छिन्।

श्रीमानले दलालको प्रस्तावमा पैतृक सम्पत्ति बेच्न खोजेको उल्टै आरोप लगाएकी छिन्। युवकले पटकपटक ससुरासँग गुनासो गरे। उनी पनि छोरी कै पक्ष लिन्छन्।

श्रीमानको उजुरीको आधारमा सिन्धुरिया प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर श्रीमतीमाथि छानविन गरिरहेको सिन्धुरिया प्रहरी चौकीका इन्स्पेक्टर यादवले जनाएका छन्।

प्रकाशित मिति: : 2022-07-22 06:56:00

प्रतिकृया दिनुहोस्