संघीय गणतन्त्रलाई मजबुत बनाउन संविधान संशोधन आवश्यक: उपप्रधानमन्त्री यादव

बिएल
वीरगंज उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तीनै तहका सरकार इमान्दारिताका साथ विकास निर्माणमा नजुटे अब जनताले नछाडने चेतावनी दिएका छन्।
 
बीरगंज महानगरपालिका तथा नगर बिकास कोषको सहयोगमा वीरगंजमा निर्माण गरिएको टर्मिनल सहितको अत्याधुनिक बसपार्कको म‌गलबार एक समारोह बीच उद्घाटन गर्दै उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले मुलुककै आर्थिक केन्द्र वीरगंजको विकास निर्माण अगाडी बढन नसक्नुमा स्थानीय सरकारको कमजोरी भएको बताएका छन्। उनले अब सिमित श्रोत साधनको वाहानामा तीनै तहका सरकार उम्किन नपाउने बताउदै जनचाहना अनुरुप स्वास्थ्य, शिक्षा, सरसफाई जस्ता आधारभूत आवश्यकता पुरा गर्न स्थानीय तह तथा प्रदेश सरकारलाई संघीय सरकारले सहयोग गर्ने बताए ।
 
उपप्रधानमन्त्री यादवले मधेशी आदिवासी जनजाति, दलित, मुस्लिम माथि अझै विभेद कायमै रहेको र हाल प्राप्त उपलब्धी माथि समेत कालो बादल मडारिरहेकाले संघीय गणतन्त्रलाई मजबुत बनाउन संविधान संशोधन आवश्यकता रहेको कुरामा जोड दिए।
 
 
याे पनि हेर्नुहाेस।
उनले बस पार्कबाट हुने आम्दानीलाई महानगरपालिकाले बसपार्कलाई अझ व्यवस्थित र सौन्दर्यकरण गर्दै देशकै नमुना बसपार्कको रुपमा स्थापित गर्नु महानगरपालिका सक्रिय हुनु पर्ने बताए।
 
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनचाहना अनुरुप विकास निर्माण अगाडी नबढ्दा जनताले औला ठड्याउन थालेको बताउदै संघीय प्रदेश र स्थानीय गरि तीन तहका सरकार बीच समन्वय गरी सुशासन र विकासलाई एकीकृत बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिए।
 
मुख्यमन्त्री राउतले शिक्षा, स्वास्थ्य, गरिवी र बेरोजगारीको स्थितिलाई हेर्दा राष्ट्रिय सुचांकमा प्रदेश नम्बर २ कर्णाली प्रदेश भन्दा पनि पछाडी रहेको बताउदै मुलुकको आधा भन्दा बढी राजस्व दिने वीरगंजको विकास हुन नसक्दा जनता निरास र आक्रोशित बनेको बताए । बसपार्क उद्घाटन कार्यक्रममा शहरी विकास मन्त्री माेहम्मद इस्तियाक राईले आर्थिक नगरी बीरगंजमा अन्तर्राष्ट्रिय स्तरको सभाहलको आवश्यकता रहेको र यसको परिपूर्तिका लागि मन्त्रालय तयार रहेको बताए ।
 
वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल श्रीवास्तव, सांसद प्रदिप यादव लगायतले मन्तव्य व्यक्त गरे।
 
जर्मनीको केएफडब्लु बैंकबाट नगर विकास कोषमार्फत कूल लागतको ९० प्रतिशत ऋण लिएर वीरगंज महानगरपालिका कार्यालयले बसपार्क निर्माण सम्पन्न गरेको हो । पाँच बिघा क्षेत्रफलमा निर्माण गरिएको बसपार्कको लागत १७ करोड ७३ लाख ५० हजार ६ सय तीन रुपैयाँ रहेको छ ।
 
बसपार्क निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन, रोशन कन्स्ट्रक्सन र जनकपुरको आशीष निर्माण सेवा गरी तीनवटा निर्माण कम्पनीले संयुक्तरूपमा लिएका थिए । पटक पटक गरी ७ पटक म्याद थप पछि मात्रै बसपार्क निर्माण भए पनि बसपार्क पुग्ने बाईपास सडक खण्ड तथा घण्टाघर लिंक रोड निर्माण नहुँदा बसपार्कको अवस्था विजोगपूर्ण रहेको छ । अधुरो अवस्थामा रहेको बसपार्क उद्घाटन भएपछि आसपासका बासिन्दा आक्रोशित बनेका छन् ।
 
याे पनि।
 
 
प्रकाशित मिति: : 2019-08-28 00:18:24

प्रतिकृया दिनुहोस्