नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै नेपाल भ्रमण बर्ष २०२० को तयारीलाई तिव्रता दिइएने- मन्त्री भट्टराई (भिडियो सहित)

तस्बिरः बिएल

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागी पूर्वाधारको विकासमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन्।

नेपाल भ्रमण बर्ष २०२० मूल आयोजक समितिको चौथौ बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले बिमानस्थल निर्माण देखि अन्य आयोजना निर्माणमा प्रधानमन्त्री कार्यालयबाट निगरानी भइरहेको र प्रधानमन्त्रीले पनि पूर्वाधार निर्माणमा चासो देखाएको बताए।

गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निर्माणले गति लिएको भन्दै उनले आउने डिसेम्वरमा बिमानस्थलको सबै काम सम्पन्न हुने विश्वास व्यक्त गरे। त्यस्तै अन्य स्थानका बिमानस्थलबाट पनि छिटै रात्रीकालिन उडान गरिने तयारी भइरहेको उनले जानकारी दिए।

उनले प्रदेश स्थानीय संघ तथा नीति क्षेत्रबाट पनि २०२० को लक्ष्यलाई भेट्न तिव्र रुपमा तयारी गर्नुपर्ने धारणा राखे। मन्त्री भट्टराईले नीजि क्षेत्रलाई पनि प्रोत्साहन गर्दै नेपाल भ्रमण बर्ष २०२० को तयारीलाई तिव्रता दिइएको जानकारी पनि दिए।

बैठकमा मूल आयोजक समिति सदस्यका साथै बिभिन्न प्रदेशका मुख्यमन्त्री, महानगरपालीका, नगरपालीका, स्थानीय तहका प्रतिनिधि लगाएत नीजि क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।

प्रकाशित मिति: : 2019-08-27 19:21:59

प्रतिकृया दिनुहोस्