टिप्पणी

‘सामाजिक सञ्जालकाे कारण महिला हिंसा बढ्याे’ (भिडियाे)

यसुदा बराल

काठमाडौं
BreaknLinks
BreaknLinks

नेपालमा महिलालाई खुल्लातर्फ ३३ प्रतिशत र समावेशीमा १३ प्रतिशत अधिकार दिइएकाे छ। त्यसमध्ये अहिलेको निर्वाचनमा नेकपा (एमाले)ले प्रत्यक्ष तथा समानुपातिक गरी महिलाहरुलाई ठुलाे संख्यामा समावेश गरेको छ। संविधानमा नै महिलाहरुलाई विशेषाधिकार प्रदान गरिएकाे छ। पितृसत्तात्मक सरकारले महिलाहरु राजनीतिमा आउनु हुँदैन भन्ने मान्यता राखे पनि अहिले महिलाहरु सबै किसिमले अगाडि छन्। महिला आर्थिक, नैतिक, भौतिक रुपमा पूर्ण छन।

यद्यपि, अहिले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कहीँ न कहीँ विभेद भइरहेकाे देखिन्छ। महिलाले म चुनाव लड्न सक्षम छु भने पनि पार्टीले पत्याउँदैनन्। पहिलेको तुलनामा अहिले केही परिर्वतन आएको छ। यसरी परिर्वतन हुन जरुरी छ। महिला कहिलेसम्म पछि परिरहने ? यो चारैतिर उठिरहेको प्रश्न हो। राजनीतिमा सक्रिया भइरहँदै गर्दा पनि महिलामा केही समस्याहरु पनि देखिन्छ। निर्वाचनमा महिलाहरु प्रतिस्पर्धा गर्न तयार छन् तर यो पुँजीवादी राजनीतिमा पैसा पहिलो समस्या बनेकाे छ।

महिलाहरु क्षमता नभएका होइनन् तर पितृसत्तात्मक समाजले अगाडि बढ्नबाट राेकेकाे छ। पछिल्लो समय भने महिलाहरुले आफ्नाे हक/हितको लागि अन्य देशको तुलनामा केही हदसम्म माथि लिन खोजिएको छ। यो खुसीको कुरा हो। यद्यपि, राष्ट्रपति महिला भएको देशमा महिलालाई विभिन्न आरोप लगाएर पछि पार्न खोजिएको सहजै अनुमान गर्न सकिन्छ। महिलाहरुले अब चारैतिर बोल्न सुरु गरिसकेका छन्। त्यसैले सरकारले महिलालाई पनि स्थान दिन आवश्क छ। म आफैं महिलाहरुको नेतृत्व गरिरहेको मान्छे महिलाहरुको हक/हितका लागि हामी निरन्तर आवाज उठाइरहेका छौँ। पुरुषसँग हामी निरन्तर अन्तरसंघर्ष गरेर आज यो स्थानमा महिला आन्दोलन र महिला अधिकारलाई ल्याएका छाैँ। महिलाहरु कुनै न कुनै दल वा क्षेत्रको नेतृत्व गरिरहेका छन् तर त्यही महिला आफ्नाे घरमा पुरुषको हिंसामा पर्नु परेकाे छ। त्यसैले हरेक क्षेत्र तथा सञ्चार माध्यमले समेत महिलाहरुको हिंसाविरुद्ध बाेल्नु पर्छ।

सहरको तुलनमा गाउँमा महिला हिंसा बढी छ। त्यसैले ग्रामिण क्षेत्रमा जनचेतना, नेतृत्वका विकास, आर्थिक र सामाजिक विकासकाे लागि निरन्तर विशेष कार्यक्रम गर्न जरुरी छ। पहिलेको तुलनामा अहिले महिला हिंसा झनै बढेको अनुमान गर्न सकिन्छ। किनभने, अहिले सामाजिक सञ्जाल र मिडियाहरुका कारण महिलाहरु समस्यामा पर्दै गएका छन्। अब महिलाको समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा चारैतिर बहस गर्न जरुरी छ।

अहिलेकाे कर्णाली

कर्णालीलाई पिछडिएको क्षेत्रको रुपमा लिइन्छ। कर्णालीलाई हाम्रो समाजले हेर्न दृष्टिकोण नै फरक छ। बोल्न, लेख्न, पढ्न जान्दा पनि कर्णालीका महिलालाई हेर्ने नजर नै फरक छ। राज्यले कर्णालीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। ‘विचरा कर्णाली’ भन्ने प्रवृत्ति छ, त्यसलाई बदलेर हाम्रो क्षमता देखाउन जरुरी छ। कर्णाली भनेको कमजोर मान्छेहरु बस्ने ठाउँ हो, अरु केही गर्न सक्दैन भन्नु गलत हो। कर्णालीका मान्छे पनि मान्छे हुन, भौगोलिक रुपमा कर्णाली विकसित नहोला, प्राकृतिक रुपमा कठिनाइ हाेलान्। विकासको रुपमा यातायात, सञ्चारको सुविधा कम छन तर कर्णालीमा सबै कुराहरु छन्। कर्णालीका मान्छे कमजोर छन् भन्ने मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ। ‘विचरा कर्णाली’ भनेर हेप्ने कुरा राम्रो होइन। यो कुराको अन्त्य गर्नु आवश्यक हो। कर्णालीको भौगोलिक अवस्था, कार्य क्षमतामा विकास गर्नुपर्छ। हामीले कोहलपुर, नेपालगञ्ज, सुर्खेत भन्नुपर्ने अवस्था छ, कारण हुम्ला, जुम्ला, कालिकोटभन्दा जिब्रो टाेक्ने प्रवृत्ति छ। अब गर्वका साथ खुलेर कर्णाली भन्न सक्नुपर्छ। यही भन्न नसक्नु हाम्रो कमजोरी हो। त्यसैले हामी पछि परेका हौँ। प्राकृतिक रुपमा कर्णाली सक्षम छ।

भिडियाे:

(कालिकाेट घर भएकी यसुदा बराल नेकपा (एमाले) नेत्री तथा अखिल नेपाल महिला संघकी केन्दीय सदस्य हुन्।)

प्रकाशित मिति: : 2023-02-23 19:00:00

प्रतिकृया दिनुहोस्