भारतका पूर्व अर्थमन्त्री चिदम्बरम ‘मनि लाउन्ड्रीङ’ मुद्धामा पक्राउ

Agency

मनि लाउन्ड्रीङको मुद्धामा भारतका पूर्व अर्थमन्त्री पी. चिदम्बरम पक्राउ परेका छन्। ३० घण्टा लामो नाटकका बीच उनलाई सिबिआईले मंगलबार राती पक्राउ गरेको हो। 

भारतीय राजनीतिमा यति ठूलो ओहदामा रहेको व्यक्ति पक्राउ परेको सम्भवत यो पहिलो घटना हो।

दिल्ली उच्च अदालतले मंगलबार उनले दिएको अग्रीम जमानतको उजुरी खारेज गरेपछि बिसिआईलाई पक्राउ गर्न सहज भएको हो।

याे पनि हेर्नुहाेस।

पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

रविपत्नी निकिताको उजुरी नै भएन दर्ता : हात लाग्यो निराशा

भारतीय विदेशमन्त्री नेपालमा (भिडियोसहित)

श्रीमान् विदेशमा बेपत्ता भएपछि बदलिएको कल्पनाको जिन्दगी (भिडियोसहित)

अदालतको निर्णय आएपछि उनी केही समय भूमिगत भएका थिए। पक्राउ पर्नुअघि उनले कांग्रेस पार्टीको कार्यालयमा पुगेर पत्रकार सम्मेलन गरेका थिए। यसपछि जोगबागस्थित घर पुगेका चिदम्बरमलाई सिबिआईले पक्राउ गरेको थियो।

उनको नाटकलाई हेरेर सिबिआईले ३० जना अधिकारीको टोली खटाएको थियो। चिदम्बरमविरूद्ध सन् २०१७ मा पहिलो पल्ट मनी लाउन्ड्रीङको मुद्धा दायर भएको थियो। यसअवधिमा उनी २७ पल्ट आफ्नो मुद्धा लम्बाउन सफल भएका थिए।

चिदाम्बरम पदमा हुँदा उनको छोरा कार्तिकले स्पेनमा टेनिस क्लबलगायत बेलायतमा कटेज किन्न भ्याएका थिए। उनीविरूद्ध ५६ करोडको मनी लाउन्ड्रीङको मुद्धा थियो।

प्रकाशित मिति: : 2019-08-22 06:52:46

प्रतिकृया दिनुहोस्